काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गोप्य मतदान गरेको तस्वीर सार्बजनिक गरेपछि सामाजिक संजालमा आलोचना भएपछि स्पष्ट पारेका छन् ।
डा. भट्टराईले मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त नभएको बताएका छन् । उनले लोकतन्त्रको आधार नै व्यक्तिले आफ्नो मत खुला रुपमा व्यक्त गर्न र प्रचार गर्न पाउनु हो भन्दै मतदान खुला गर्न पाइने दाबि गरेका छन् ।
उनले भनेका छन्- ‘लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचार/मत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो । मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुदैन । गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको हो।तर कसैले खुला गर्छ भने रोक्ने भनेको हैन !’
डा. भट्टराईले गोरखा पालुङटार नगरपालिका-१ स्थित अन्नपूर्ण माविको बूथमा विहान ८.२५ बजे मतदान गर्दै आफुले मतदान गरेको स्वस्तिक चिन्ह स्पष्ट देखिने तस्वीर सार्बजनिक गरेपछि उनको आलोचना गरिएको थियो ।
प्रतिकृया दिनुहॊस