मतदानको निर्धारित समय सकियो

स्थानीय तह निर्वाचनको मतदानाको समय सकिएको छ। निर्वाचन आयोगले दिएको समयअनुसार शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने थियो । तर, ५ बजेभित्र लाइनमा बसेकाले भने मतदान गर्न पाउने आयोगले जनाएको छ।

देशभर शुक्रबार स्थानीय तहको निर्वाचन भएको हो। निर्वाचनमा कति प्रतिशत मत खसेको हो भन्ने अन्तिम विवरण आउन बाँकी रहेको छ। अपरान्ह ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्यांक प्राप्त भएको निर्वाचन आयोगले जनाएकाे छ।

देशका केही स्थानमा झपड र विवाद भए भने सर्लाहीको धनकौलमा भएको तनावपूर्ण अवस्थालाई नेपाली सेनाले नियन्त्रणमा लिनुपरेको थियो ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस