संसद्‌मा कांग्रेसले भन्यो- सरकार गृहमन्त्री गुमाउनुपर्छ कि भन्ने मानसिक पीडामा छ

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई पदमा बसिरहन नैतिकताले नदिने बताएको छ । सोमबारको प्रतिनिधिसभा बैठकको सुरुमा बोल्दै कांग्रेस सांसद प्रमीला गौतमले गृहमन्त्रीको राजीनामा मागेकी हुन् ।

गृहमन्त्रीले आफूविरुद्ध परेको उजुरीलाई चिर्कट्टोको संज्ञा दिएको भन्दै उनले आपत्ति जनाइन् । ‘उजुरी त कागजमै लेख्नुपर्ने होला नि ! ताम्रापत्रमा स्वर्णपत्रमा लेख्ने चलन भए त्यो पनि हामीलाई जानकारी गराइदिए हुन्थ्यो नि,’ उनले अगाडि भनिन्, ‘यी घटना र अभिव्यक्तिले सहकारी पीडितको विषयमा अनुसन्धान प्रक्रियापूर्ण रुपमा प्रभावित भएको पुष्टि हुन्छ ।’

प्रतिवेदनहरूले उपप्रधान एवम् गृहमन्त्री लामिछाने सहकारी प्रकरणमा दोषी देखिने दोहोर्‍याउँदै सांसद गौतमले आफूहरूले उठाइरहेको मुद्दालाई सरकारले बेवास्ता गरिरहेको बताइन् । सरकार गृहमन्त्री गुमाउनुपर्छ कि भन्ने मानसिक पीडामा रहेको उनको टिप्पणी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

श्रमिकका अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको माग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले श्रमिकका लागि सरकारले लागु गरेको न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न …

प्रतिकृया दिनुहॊस