सिट बाँडफाँट कार्यदलका संयोजक सिटौलालाई कोरोना

काठमाडौँ । पाँच दलीय गठबन्धनको सिट बाँडफाँड कार्यदलका संयोजकमा कृष्णप्रसाद सिटौलालाई कोरोना सङ्क्रमण भएको छ । उनी मंगलबार बसेको कार्यदलको बैठकबाट बिरामी भएको भन्दै सिटौला बाहिरिएका थिए ।

नेपाली कांग्रेसका नेतासमेत रहेका संयोजक सिटौला नै सङ्क्रमित भएपछि साँझ ५ बजे बस्ने भनिएको कार्यदलको बैठक प्रभावित हुने भएको छ । कार्यदलमा नेपाली काँग्रेसबाट महामन्त्री गगन थापा, कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र जनार्दन शर्मा छन् ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट बेदुराम भुसाल र प्रमेश हमाल, जनता समाजवादी पार्टी (जसपा)बाट रामसहायप्रसाद राय र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस