काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै लिङदेनले सत्तारुढ दलका नेताहरुले संसदको आयू लम्ब्याउने गरी कानुन ल्याउने तयारी गरेको भन्दै उनले आफुले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
उनले सरकारले संसदको अवधि निर्वाचनपछि सम्म थप्न लागेकोले सो गलत निर्णयको साक्षी नबस्ने भन्दै पदबाट राजीनामा दिएको बताएका छन् । उनले भने, ‘अबबाट उहाँ उपस्थित हुने छैन । मेरो नाममा पठाइने तलब भत्ता सुविधा रोक्का गरियोस् । कहीँ कतै लेखेर दिनुपर्छ भनेर लेखे दिन पनि तयार छु ।’
संबिधानमा प्रतिनिधि सभाको कार्यकाल स्पष्ट नभएको अवस्थामा सरकारले आगामी निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक बस्ने समयसम्म अहिलेको प्रतिनिधि सभाको समयावधि हुने व्यवस्था गर्न लागेको छ ।
तपाईंको प्रतिकृया




