मन्त्रीलाई लाइन बस्न भनेपछि सुरक्षागार्ड पक्राउ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्नु भन्दा एकजना सुरक्षागार्ड पक्राउ परेका छन् । ठमेलस्थित छाया सेन्टरका सुरक्षागार्ड शेरजङ्ग कुँवर पक्राउ परेका हुन् ।

उनी ग्रुप फोर सेक्युरिटीमा कार्यरत थिए । कामका लागि छाया सेन्टर पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्डले लाइनमा बस्न भनेका थिए । मन्त्रीका पिएसओले उनी मन्त्री भएको बताएपनि गार्डले जाे भएपनि लाइन बस्नुपर्ने बताएपछि उनीमाथि अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाइ पक्राउ गरिएकाे हाे ।

छायाँ सेन्टरमा रहेको भीएफएस ग्लोबल भिसा सेन्टर एउटा अन्तर्राष्ट्रिय निजी कम्पनी हो । जसले क्यानडा, जापानसहित युरोपका धेरै देशको भिसा प्रक्रिया अघि बढाउँछ । र उसले सबै सेवाग्राहीलाई समान व्यवहार गर्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री