Tag Archives: mainnews

आज साउने सोमबार, यस्तो छ उपवासको महत्व

काठमाडाैँ । पशुपतिनाथ मन्दिरमा साउने सोमवारको पूजाआजा गर्न आएका दर्शनार्थीका लागि बिहान ३ बजेदेखि नै चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइँदैछ । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानी लगायत व्यवस्थापन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साउनको पहिलो सोमवार साउन १ गते परेको छ । साउनको सोमवार पशुपति क्षेत्रमा लाखौं भक्तजन आउने गरेका कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए । …

पुरा पढ्नुहॊस »

कहाँ-कहाँ छ भारी वर्षा (तीन दिनको पूर्वानुमान)

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मधेस प्रदेशका थोरै बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मंगलबार मधेस प्रदेश लगायत …

पुरा पढ्नुहॊस »

पेट्रोलियम पदार्थको मूल्य घट्यो, स्वचालित मूल्य प्रणाली कार्यान्वयन

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । डिजेलमा परल मूल्य (खरिद मूल्य)मा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत जोडेर स्वचालित रूपमा बिक्री मूल्य तय गरेको हो । नयाँ मूल्य आइतबार राती १२ बजेपछि कार्यान्वयनमा आउने निगमको बोर्डले निर्णय गरेको आज पत्रकार सम्मेलन गरेर जनाएको छ । निगम बोर्ड बैठकले स्वचालित मूल्य बिक्री सम्बन्धी कार्यविधि–२०८० पास गरेर कार्यान्वयनमा ल्याउन लागेको हो । अब पेट्रोलको …

पुरा पढ्नुहॊस »

वायु सेवामा पनि भ्याट, हवाई भाडा ६ प्रतिशत बढ्ने

काठमाडौँ । वायु सेवा सञ्चालक कम्पनीहरुले दिने हवाई यात्राको सेवामा पनि भोलिबाट मूल्य अभिवृद्दि कर (भ्याट) लाग्ने भएको छ । सोमबारबाट नयाँ आर्थिक वर्ष सुरु हुने भएकोले सरकारले बजेटमार्फत ल्याउने भ्याट लाग्ने उक्त नियम कार्यान्वयनमा हुने भएको हो । वायु सेवा सञ्चालक संघले एक विज्ञप्ती जारी गरी हवाई सेवा सञ्चालक कम्पनीहरुलाई भ्याटमा दर्ता हुन आह्वान समेत गरेको छ । भ्याट लाग्ने भएपछि हवाई सेवा कम्पनीहरुले हवाई यात्रामा लाग्दै आएको भाडा …

पुरा पढ्नुहॊस »

ललिता निवास प्रकरणका १७ आरोपीलाई थप पाँच दिन थुनामा राख्न अनुमति

काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन प्रहरीको थुनामा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । प्रहरीको सीआईबीले यो प्रकरणमा अनुसन्धान गरिरहेको छ । जिल्ला अदालतले प्रहरीको हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गरेको हो । यो प्रकरणमा सरकारका बहालवाला सचिव कृष्णबहादुर राउत र व्यवसायी मीनबहादुर गुरुङसहित १७ पक्राउ परेका छन् । यो प्रकरणमा पक्राउ परेका राउत र गुरुङलगायतले सर्वोच्च अदालतमा आफूलाई गैरकानुनी …

पुरा पढ्नुहॊस »

बजेटसम्बन्धी ३ विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ आर्थिक वर्षको बजेटसम्बन्धी ३ वटा विधेयक प्रमाणिकरण गरेका छन् । संसदको दुबै सदनले पारित गरेपछि प्रमाणिकरणका लागि पठाइएका ती विधेयकहरु उनले प्रमाणिकरण गरेका हुन् । राष्ट्रपति पौडेलले विनियोजन विधेयक २०८०, राष्ट्र ऋण उठाउने विधेयक २०८० र आर्थिक विधेयक २०८० प्रमाणिकरण गरेका हुन् । प्रमाणीकरण गरेर ऐनका रुपमा लिएका यी विधेयकहरु १ साउन २०८० बाट कार्यान्वयनमा आउने छन् ।

पुरा पढ्नुहॊस »

श्रमिकलाई विमानस्थलबाट फर्काएपछि अध्यागमन विभाग अगाडि व्यवसायीको प्रदर्शन

काठमाडौं । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा हिँडेका श्रमिकलाई विमानस्थलबाट फर्काएको भन्दै अध्यागमन विभागअगाडि प्रदर्शन गरिएको छ । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि हिँडेकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले फर्काएको भन्दै आइतबार विभागअगाडि विरोधमा प्रदर्शन गरिएको हो । कालिकास्थनस्थित अध्यागमन विभागअगाडि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध प्रदर्शन गरेको हो । कानुनसम्मत श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डन लगायतका विभिन्न देशहरूमा जान लागेका श्रमिकहरूलाई विमानस्थलमा …

पुरा पढ्नुहॊस »

आईओसीले पठायो पेट्रोलियमको नयाँ मूल्य, घटेर आयो पेट्रोल

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाललाई बिक्री गर्ने पेट्रोलको मूल्य घटाएर पठाएको छ । इन्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा पठाउने पेट्रोलियमको नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको छ  । अब सोही मूल्यका आधारमा नेपाल आयल निगमले उपभोक्ता मूल्य घट्ने वा बढ्नेबारे निर्णय गर्नेछ । भारतीय आयल कर्पोरेसन आइओसीबाट प्राप्त नयाँ मूल्यपछि निगम १५ दिनमा ५० …

पुरा पढ्नुहॊस »

जनकपुर-जयनगर रेल भंगहासम्म गुड्ने, दैनिक ६ पटक सेवा

काठमाडौँ । नेपालको एक मात्र जनकपुर-जयनगर रेल्वे सेवाले आफ्नो क्षेत्र विस्तार गरेको छ । जसअनुसार आजदेखि उक्त रेल आफ्नो क्षेत्र विस्तार गर्दै महोत्तरीको भंगहासम्म चल्ने भएको छ । जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा सञ्चालन हुन लागेको उक्त रेल सेवाको उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गर्दैछन् । महोत्तरीको भंगहा स्टेशनमा थप १७ किलोमिटर रेल सेवाको उद्घाटन गर्ने कार्यक्रममा सहभागी हुन मन्त्री ज्वाला पुग्दैछन् । यसअघि जनकपुरको …

पुरा पढ्नुहॊस »

अब इन्धनमा स्वचालित मूल्य, उपभोक्तालाई लाभ

काठमाडौँ । भोलिदेखि इन्धनमा स्वचालित मूल्य प्रणाली लागु गरिने भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य (अटोप्राइस) मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको हो । सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समेत स्वचालित मूल्य प्रणाली लागु गर्ने उल्लेख गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन । साउन महिनादेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने निगमले जनाएको छ । स्वचालित मूल्य भनेको अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र …

पुरा पढ्नुहॊस »