काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाललाई बिक्री गर्ने पेट्रोलको मूल्य घटाएर पठाएको छ । इन्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा पठाउने पेट्रोलियमको नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको छ ।
अब सोही मूल्यका आधारमा नेपाल आयल निगमले उपभोक्ता मूल्य घट्ने वा बढ्नेबारे निर्णय गर्नेछ । भारतीय आयल कर्पोरेसन आइओसीबाट प्राप्त नयाँ मूल्यपछि निगम १५ दिनमा ५० करोड रुपैयाँ नाफामा पुगेको छ । आइओसीबाट प्राप्त भएको नयाँ मूल्यपछि सञ्चालक समिति बैठक बसेर नेपालमा नयाँ मूल्यबारे निर्णय गर्ने निगमको तयारी छ ।
त्यसपछि मात्रै देशभरको इन्धनको नयाँ मूल्य तय हुन्छ । पछिल्लो पटक गत असार १७ गते निगमले इन्धनको मूल्य समायोजन गरेको थियो ।
प्रतिकृया दिनुहॊस