काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ आर्थिक वर्षको बजेटसम्बन्धी ३ वटा विधेयक प्रमाणिकरण गरेका छन् । संसदको दुबै सदनले पारित गरेपछि प्रमाणिकरणका लागि पठाइएका ती विधेयकहरु उनले प्रमाणिकरण गरेका हुन् ।
राष्ट्रपति पौडेलले विनियोजन विधेयक २०८०, राष्ट्र ऋण उठाउने विधेयक २०८० र आर्थिक विधेयक २०८० प्रमाणिकरण गरेका हुन् । प्रमाणीकरण गरेर ऐनका रुपमा लिएका यी विधेयकहरु १ साउन २०८० बाट कार्यान्वयनमा आउने छन् ।

तपाईंको प्रतिकृया



