पेट्रोलियम पदार्थको मूल्य घट्यो, स्वचालित मूल्य प्रणाली कार्यान्वयन

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । डिजेलमा परल मूल्य (खरिद मूल्य)मा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत जोडेर स्वचालित रूपमा बिक्री मूल्य तय गरेको हो ।

नयाँ मूल्य आइतबार राती १२ बजेपछि कार्यान्वयनमा आउने निगमको बोर्डले निर्णय गरेको आज पत्रकार सम्मेलन गरेर जनाएको छ । निगम बोर्ड बैठकले स्वचालित मूल्य बिक्री सम्बन्धी कार्यविधि–२०८० पास गरेर कार्यान्वयनमा ल्याउन लागेको हो ।

अब पेट्रोलको मूल्य ४ रुपैयाँ घटाएको छ । यस अनुसार अब काठमाडौँमा पेट्रोल १६४ रुपैयाँ प्रतिलिटरमा पाइने छ । त्यस्तै, डिजेलको मूल्यमा ६ रुपैयाँ घटेको छ । भने ग्यासको मूल्यमा प्रतिसिलिन्डर १० रुपैयाँ घटेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धैरै कर तिर्नेमा नेपाल टेलिकम, बैंकतर्फ नबिल

काठमाडौं । आर्थिक वर्ष २०८०/८१मा सबैभन्दा बढी कर तिर्ने संस्था नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल …

प्रतिकृया दिनुहॊस