काठमाडौँ । नेपालको एक मात्र जनकपुर-जयनगर रेल्वे सेवाले आफ्नो क्षेत्र विस्तार गरेको छ । जसअनुसार आजदेखि उक्त रेल आफ्नो क्षेत्र विस्तार गर्दै महोत्तरीको भंगहासम्म चल्ने भएको छ ।
जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा सञ्चालन हुन लागेको उक्त रेल सेवाको उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गर्दैछन् । महोत्तरीको भंगहा स्टेशनमा थप १७ किलोमिटर रेल सेवाको उद्घाटन गर्ने कार्यक्रममा सहभागी हुन मन्त्री ज्वाला पुग्दैछन् ।
यसअघि जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा सञ्चालन हुँदै आएको थियो भने आजबाट थप १७ किलोमिटर थप भएपछि अब ५२ किलोमिटर यात्रा विस्तार भएको हो ।
तपाईंको प्रतिकृया




