Tag Archives: mainnews

पूर्णबहादुर खड्का कार्यबाहक प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ औपचारिक भ्रमणका लागि इटली गएपछि प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गर्ने भएका छन् । शनिबार साँझ प्रधानमन्त्री प्रचण्ड इटली भ्रमणमा गएका हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मीका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री प्रचण्ड इटली भ्रमणमा गएकोले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य रक्षामन्त्री खड्काले सम्हाल्ने छन् । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालयमा आयोजना हुने …

पुरा पढ्नुहॊस »

कांग्रेस केन्द्रिय समिति बैठक जारी, आज पनि केन्द्रिय सदस्यले धारणा राख्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक जारी रहेको छ ।गत मंगलबा रदेखी सुरू भएको बैठक आज पनि जारी रहने छ । शनिवारका लागि स्थगित गरिएको उक्त बैठक आज बिहान ११ बजेदेखि सुरु हुनेछ । बैठक सानेपास्थित कांग्रेस केन्द्रिय कार्यालयमा बस्नेछ । गत ५ साउनको बैठकमा गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा. नारायण खड्का, उमा रेग्मी, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुंगानालगायतले आ-आफनो धारणा राखेको …

पुरा पढ्नुहॊस »

आज हल्कादेखि मध्यम वर्षा (तीन दिनको पूर्वानुमान)

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

काठमाडौँ । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी प्रदेश, बागमती …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली प्रस्थान गरेका छन् । साउन ८ देखि १० गतेसम्म हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा सहभागी हुन प्रचण्ड इटाली गएका हुन् । प्रधानमन्त्री प्रचण्डसँग कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत तथा प्रधानमन्त्रीकी छोरी गङ्गा दाहाल पनि भ्रमण टोलीमा छन् । उनले इटालीमा हुने सो सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्डले …

पुरा पढ्नुहॊस »

देशैभरि डेंगु संक्रमितकाे संख्या बढ्यो, सतर्कता अपनाउन मन्त्रालयको अनुरोध

काठमाडौं । नेपालमा डेंगुका बिरामी दिनहुँ बढ्दै गएका छन् । पछिल्लो दुई हप्तामा मात्र दुई हजारभन्दा बढी जनामा डेंगु पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दुई साताअघि असार २५ गते सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पुस यता एक हजार एक सय ९२ जना बिरामी फेला परेकोमा असार २५ देखि साउन ५ गतेसम्म दुई हजारभन्दा बढी बिरामी थप भएका छन् । स्वास्थ्य संस्थाको सम्पर्कमा नआएका बिरामी अझ धेरै …

पुरा पढ्नुहॊस »

युवतीमाथि प्रहार गरेको एसिड युवकको शरीरमा पर्दा…

काठमाडौं । युवतीलाई लक्षित गरी एसिड प्रहार गर्ने एक जना पक्राउ परेका छन् । शुक्रबार साँझ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१४ मैकल बजार नजिक युवतीलाई लक्षित गरी एसिड प्रहार गर्न खोज्ने वीरेन्द्रनगर-१४ का १६ वर्षीय आशिष सुनारलाई पक्राउ गरिएको हो । बेलुका पाँच बजेतिर विनपा-१४ को मैकल बजार नजिक बराहताल गाउँपालिका-१० की अन्दाजी १७ वर्षीया सोविता बुढालाई उनले एसिड प्रहार गर्न खोजेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । एसिड युवतीलाई हान्न …

पुरा पढ्नुहॊस »

इटालीको रोम जाँदै प्रधानमन्त्री प्रचण्ड (भ्रमण तालिका)

काठमाडौं । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार इटाली प्रस्थान गर्दैछन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्न लागेको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेशन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम छ । …

पुरा पढ्नुहॊस »

धरानमा २८ वर्षीय युवाको गोली प्रहार गरी हत्या

काठमाडौं । सुनसरीको धरानमा गोली प्रहारबाट एक युवकको हत्या भएको छ । शुक्रबार साँझ गोली प्रहारबाट विराटनगर महानगरपालिका-५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको हो । गोली प्रहारबाट घाइते चौधरीलाई तत्काल उद्धार गरी विपि कोइराला धरानमा लगिए पनि ज्यान गएको सुनसरीका एसपी प्रभु ढकालले जानकारी दिए । उनका अनुसार तीन जनाको समूहमा आएका व्यक्तिले गोली प्रहार गरेका थिए । गोली प्रहार गरेर उनीहरू फरार भएका छन् । मूलघाटबाट विराटनगर …

पुरा पढ्नुहॊस »

ललिता निवास प्रकरण : हिरासतमा रहेका १७ जनालाई थप पाँच दिन राख्न अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १७ जनालाई थुनामा राखेर अनुसन्धान गर्न थप पाँच दिनको समय दिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले म्याद थपका लागि शुक्रबार उनीहरुलाई जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालत उपस्थित गराएको थियो । उनीहरु २५ दिनदेखि थुनामा छन् । यता सर्वोच्च अदालतले बन्दी प्रत्यक्षिकरणको रिटमा आदेश सुनाउने तयारी गरेको छ । पक्राउ परेका बहालवाला सचिव कृष्णबहादुर राउतसहित ४ …

पुरा पढ्नुहॊस »

सुन तस्करीमा संलग्न जोसुकै भए पनि कारबाही हुन्छ, अनुसन्धान जरैसम्म पुग्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिनलाई निष्कर्षमा पुर्‍याउन निर्देशन दिएका छन् । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको अनुगमन गर्दै श्रेष्ठले छानबिन र अनुसन्धानको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन छानबिन समितिलाई निर्देशन दिएका हुन् । भन्सार जाँचका सवै प्रक्रिया पूरा गरेर करिब एक क्विन्टल सुन भन्सारबाट निस्कनु सामान्य घटना नभएको भन्दै उनले जस्तोसुकै वा जोसुकै भए पनि जरैसम्म अनुन्धान गरेर कारबाहीको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको समेत निर्देशन …

पुरा पढ्नुहॊस »