शनिबार उपत्यकाका यी स्थानमा ८ घण्टा बिजुली आपूर्ति बन्द हुने

काठमाडौँ । टेकुस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनबाट आपूर्ति भइरहेको बिजुली बन्द हुने भएको छ । भोलि बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा विद्युत् प्रभावित हुने भएको हो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार टेकु सबस्टेसन स्तरोन्नति गरी टेकू-स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने काम भइरहेको छ । प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकू सबस्टेसनको विद्यमान इनकमर-१ प्यानल तथा दुईमध्ये एक पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएकाले टेकु सबस्टेसनबाट आपूर्ति भइरहेको विभिन्न फिडहरूमा विद्युत् सेवा प्रभावित हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चेपाङबस्तीमा ‘बिजुली बत्ती’ पुग्यो, निःशुल्क पाए मिटर

काठमाडौँ । अति सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीहरूमा राष्ट्रिय प्रसारण …

प्रतिकृया दिनुहॊस