काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्लास्टिक निषेध अभियानलाई ‘सचेतना, रोकथाम र नियन्त्रण’ विधिबाट कार्यान्वयनमा लैजाने तयारी गरेको छ । महानगरले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात र बिक्रीवितरण गरे जफत गर्ने भएको हो । शनिबार नगरप्रहरी बलका अधिकारीहरूलाई प्लास्टिक निषेधको कानुनी प्रबन्ध, यसको व्यवहारिक पक्ष र प्लास्टिकको मोटाइ नाप्ने उपकरण प्रयोगका विषयमा प्रशिक्षण दिएको थियो । प्रशिक्षणमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले, महानगरका वडा, केन्द्र तथा अन्य कुनै …
पुरा पढ्नुहॊस »सर्लाहीमा मोहरम पर्व मनाउने क्रममा झडप, ६ प्रहरीसहित १० जना घाइते
काठमाडाैँ । सर्लाहीको गोडैतामा शनिबार साँझ दुई समूहबीच झडप हुँदा प्रहरीसहित १० जना घाइते भएका छन् । झडपमा ६ प्रहरी र ४ स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए । गोडैता बजारमा स्थानीय मुस्लिम समुदायले ताजिया मोहरम पर्व मनाउने क्रममा दुई समूहबीच उत्पन्न विवादले झडपको रुप लिएको प्रहरीले जनाएको छ । डीएसपी पञ्जियारका अनुसार मुस्लिम समुदायले दाहा घुमाउन लैजाने क्रममा हिन्दु समुदायका केही स्थानीयले आफ्नो गाउँको …
पुरा पढ्नुहॊस »बाबुरामको प्रस्ताव- कोशीमा मध्यावधि चुनाव गरौँ
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कोशी सरकार निर्माणका लागि मध्यावधिमा जानु पर्ने जनाएका छन् । कोशी सरकार गठनका बारेमा रस्साकस्सी चलिरहेको बेला पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले मध्यावधि निर्वाचनको विकल्प सुझाएका हुन । ‘१ नं प्रदेशमा घोषित रूपमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने, नत्र मध्यावधिमा …
पुरा पढ्नुहॊस »बझाङमा निर्माणाधीन घर भत्काउने तीन जना पक्राउ
काठमाडौँ । बझाङमा निर्माणाधीन घर भत्काएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बित्थडचिर गाउँपालिकामा सार्वजनिक जग्गामा घर बनाएको भन्दै घर भत्काएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । करण ओखेडाले बनाइरहेको घर शुक्रबार केही स्थानीयले भत्काएका थिए । सार्वजनिक जग्गामा घर बनाएको भन्दै वडा कार्यालयमा उजुरी समेत परेको थियो । त्यसपछि उनीहरूले घर भत्काएर खेतीपाती समेत फडानी गरेका थिए । घटनापछि करण ओखेडाका बुवा पुट्केले आफूले लालपुर्जा भएको …
पुरा पढ्नुहॊस »कोरियामा पानीजहाज कम्पनीमा कामदार पठाउन खुल्यो आवेदन (सूचनासहित)
काठमाडौँ । दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ का लागि आवेदन फारम खुलेको छ । इच्छुक नेपाली कामदारले यही साउन २० गतेदेखि २४ गतेसम्म अनलाइन आवेदन दर्ता गर्न सक्ने ईपीएस कोरिया शाखाले जनाएको छ । नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी अनुसार ईपीएस अन्तर्गत नेपाली कामदार पठाउन छनोटका लागि भाषा परीक्षा आवेदन खुलेको हो । सिप बिल्डिङको क्षेत्रमा पनि …
पुरा पढ्नुहॊस »मनसुनी वायुको प्रभावले भारी वर्षा (तीन दिनको पूर्वानुमान)
काठमाडौँ । हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको …
पुरा पढ्नुहॊस »चन्द्रागिरिमा भ्यान भिरबाट खस्यो, दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका-४ पानीघाट नजिक हिमचुलीमा सवारी साधन दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । बा १० च ३५४६ नम्बरको भ्यान सडकबाट करिब दुई सय मिटर तल खसी दुर्घटना भएको हो । मृत्यु हुनेमा सिन्धुलीका २० वर्षीय चालक नवराज थोकर र काभ्रेका ४५ वर्षीय यात्रु अनिल तामाङ रहेको प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिए । काठमाडौँबाट चित्लाङतर्फ जाने क्रममा हिलोमा फसेको उक्त भ्यानलाई धकेल्दा ‘ओभर स्पिड’ भई …
पुरा पढ्नुहॊस »राष्ट्रपतिलाई उपचार खर्च दिने सरकारी निर्णय अदालतले परीक्षण गर्नसक्ने सर्वोच्चको ठहर
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेललाई भारतमा गराएको उपचार खर्च दिने सरकारको निर्णय अदालतले परीक्षण गर्न सक्ने सर्वोच्च अदालतले ठहर गरेको छ । सर्वोच्च अदालतको न्यायाधीश हरिप्रसाद फुयालको इजलासले अधिवक्ता विष्णुकुमार गिरीले पेस गरेको रिट निवेदन दरपिठ गर्ने सर्वोच्च अदालतकी रजिस्ट्रार निर्मला पौडेलको आदेश बदर गर्दै भनेकी छन्,‘ राष्ट्रपति वा अन्य उच्च पदस्थ व्यक्तिहरूको विदेशमा उपचार गर्दा लाग्ने खर्च वा अन्य सुविधा बापतको रकम के कसरी कुन मापदण्डका आधारमा …
पुरा पढ्नुहॊस »अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । केही समयअघि सञ्चारमाध्यमलाई दिएको विवादास्पद अभिव्यक्ति प्रकरणलाई लिएर उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । आफ्नो समूदायको भावनामा चोट पुर्याएको भन्दै तामाङ, मगर समुदायका समूहले दिएको उजुरीको आधारमा अधिवक्ता पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उनीमािथ जातिय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न जाहेरीमा माग गरिएको छ । पक्राउ पुर्जी जारी भएसँगै उनको खोजी भइरहेको …
पुरा पढ्नुहॊस »कांग्रेस बलियो भए प्रजातन्त्र बलियो बन्छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भए प्रजातन्त्र बलियो हुने बताएका छन् । आज प्रजातान्त्रिक विचार समाजका नव निर्वाचित पादधिकारीसँगको भेटमा सभापति देउवाले भने, ‘कांग्रेस बलियो भएमा मात्र देशमा प्रजातन्त्र बलियो हुन्छ, त्यसैले विभिन्न पेशा, व्यवसाय तथा सबै क्षेत्रमा लागेका प्रजातान्त्रिक विचार राख्नेहरुले कांग्रेस बलियो बनाउनतर्फ लाग्नुपर्छ ।’ उनले कांग्रेस र प्रजातन्त्रलाई बलियो बनाउनका लागि समाजबाट आएका सुझाव ग्रहण गर्दै सबै सुझाव कार्यान्वयन गर्ने बताए । प्रजातन्त्रलाई …
पुरा पढ्नुहॊस »