अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । केही समयअघि सञ्चारमाध्यमलाई दिएको विवादास्पद अभिव्यक्ति प्रकरणलाई लिएर उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

आफ्नो समूदायको भावनामा चोट पुर्याएको भन्दै तामाङ, मगर समुदायका समूहले दिएको उजुरीको आधारमा अधिवक्ता पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

उनीमािथ जातिय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न जाहेरीमा माग गरिएको छ । पक्राउ पुर्जी जारी भएसँगै उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

एक टेलिभिजको अन्तर्वातामा पाण्डेले हाडनाताभित्र विवाह हुँदा त्यसले उनीहरुबाट जन्मने सन्तान अपराधिक प्रवृत्तिका हुनसक्ने अध्ययनले देखाएको बताएकी थिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस