चन्द्रागिरिमा भ्यान भिरबाट खस्यो, दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका-४ पानीघाट नजिक हिमचुलीमा सवारी साधन दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । बा १० च ३५४६ नम्बरको भ्यान सडकबाट करिब दुई सय मिटर तल खसी दुर्घटना भएको हो ।

मृत्यु हुनेमा सिन्धुलीका २० वर्षीय चालक नवराज थोकर र काभ्रेका ४५ वर्षीय यात्रु अनिल तामाङ रहेको प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिए ।

काठमाडौँबाट चित्लाङतर्फ जाने क्रममा हिलोमा फसेको उक्त भ्यानलाई धकेल्दा ‘ओभर स्पिड’ भई सडकबाट खसेको थानकोट प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडी धकेल्नका लागि तल ओर्लिएका कारण तीन जना भने बाँच्न सफल भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस