यस वर्ष काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूमध्ये ३.६१ देखि ४.० ल्याउने विद्यार्थीको सङ्ख्या ७८% ले वृद्धि भएको छ । गएको वर्ष परीक्षामा सहभागी हुन आवेदन दिएका ३ हजार ९४३ छात्रछात्रामध्ये ८५ (२.१६%) जनाले ३.६१ देखि ४.० ल्याएका थिए । यस वर्ष ३ हजार ९१२ छात्रछात्राले आवेदन दिएकामा १५० (३.८३%) छात्रछात्राले ‘३.६१ देखि ४.० ल्याएका छन् । आवेदकमध्ये गएको वर्ष १२५ (३.१७%) जना गयल भए भने यस वर्ष ५० …
पुरा पढ्नुहॊस »राजनीतिक उद्देश्यको निम्ति ‘हत्त न पत्त’ प्रधानमन्त्रीको राजीनामा माग्ने संस्कार राम्रो होइन : प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक उद्देश्यको निम्ति प्रधानमन्त्री र मन्त्रीको राजीनामा माग्नु राम्रो नभएको बताएका छन् । सात दिनको इटाली भ्रमण सकेर स्वदेश फर्किएपछि विमानस्थलमा पत्रकारहरूले राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । मन्त्रीहरूलाई स्पष्टीकरण दिने मौका दिनुपर्ने उनको भनाई छ । ‘राजनीतिक उद्देश्यको निम्ति हत्त न पत्त प्रधानमन्त्री राजीनामा मागिहाल्ने, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिहाल्ने जुन संस्कार बस्न खोजेको छ त्यो राम्रो होइन,’ उनले भने, …
पुरा पढ्नुहॊस »मिटरब्याजसम्बन्धी विधेयक दुवै सदनबाट पारित, कारबाहीको बाटो खुल्यो
काठमाडौं । मिटरब्याजसम्बन्धी कसुरको अनुसन्धान र कारबाहीका लागि कानुनी बाटो खुलेको छ । सङ्घीय संसद्का दुवै सदनले प्रतिस्थापन विधेयक पारित गरेसँगै कसुर अनुसन्धान र कारबाहीका लागि बाटो खुलेको हो । दुवै सदनबाट पारित विधेयक अब प्रमाणितपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस हुने छ । विधेयकको प्रकृति नै परिमार्जन गरेर तल्लो सदनले फिर्ता पठाएको भन्दै राष्ट्रिय सभाले केही दिन संशोधन स्वीकार गर्ने वा नगर्ने निर्णय लिन सकेको थिएन । कानुनी र राजनीतिक …
पुरा पढ्नुहॊस »धरानको चर्च र मन्दिर विवादबारे प्रशासनको चासो
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानको चर्च र मन्दिर विवादबारे ध्यानाकर्षण भएको जनाएको छ । विजयपुर धार्मिक संरक्षण समन्वय समिति धरानको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले ध्यानाकर्षण भएको बताएकी हुन् । समितिका अध्यक्ष विष्णुकुमार राईसहित अन्य नगरवासीले बिहीबार इनरुवा पुगेर ज्ञापनपत्र बुझाएको समितिका सचिव मातृकाप्रसाद नेपालले जानकारी दिए ।ज्ञापनपत्र बुझ्दै सिडिओ पाण्डेले १२ १५ दिनदेखि चर्केको निर्माणाधीन चर्च विवादमा प्रशासनको गम्भीर ध्यानाकर्षण भएको बताइन् । ज्ञापनपत्र गृह …
पुरा पढ्नुहॊस »इटाली भ्रमण सकेर स्वदेश फर्कँदै प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कदैछन् । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन सात दिन अघि गएका प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कन लागेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार सात दिने इटाली भ्रमण सम्पन्न गरी प्रधानमन्त्री प्रचण्ड आज बिहान १०ः०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आई पुग्ने छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत साउन ६ गते इटली गएका प्रधानमन्त्री …
पुरा पढ्नुहॊस »फेरि भारी वर्षा, कहाँ-कहाँ छ जोखिम ?
काठमाडौँ । हाल नेपालमा मनसुनी वायुको साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य …
पुरा पढ्नुहॊस »१०० किलो सुन प्रकरण : चिनियाँ बस्ने लाजिम्पाटस्थित घरमा राजश्वको खानतलासी
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १०० किलो सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकले भाडामा लिएको एक घरमा राजश्व अनुसन्धान विभागले खानतलासी गरेको छ । लाजिम्पाटस्थित चिनियाँ नागरिक जिक्वाङ लिनले भाडामा लिएको एक घरमा विभागले खानतलासी गरेको हो । सो क्रममा केही बाकसहरु बरामद भएको तर उक्त बाकसमा सुन नभेटिएको स्रोतले बताएको छ । केही महत्वपूर्ण कागजात र सामग्री बरामद हुनसक्ने आशंकामा खानतलासी गरेको हो । घरलाई अहिले विभागले …
पुरा पढ्नुहॊस »सर्वोच्चको आदेशद्वारा कोशी सरकार विघटन, मुख्यमन्त्री थापा पदमुक्त
काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनमा सभामुखको सहभागिता संविधानविपरीत ठहर गरेको छ । न्यायाधीश ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले सभामुख बाबुराम गौतमको हस्ताक्षर लिएर दाबी गर्न गएका उद्धव थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले गरेको मुख्यमन्त्री नियुक्ति बदर गरेको हो । सोमबार न्यायाधीश सुष्मालता माथेमा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रिटलाई पूर्णइजलासमा पठाएको थियो । गत २१ असारमा कांग्रेस सांसद उद्धव थापा सभामुख बाबुराम …
पुरा पढ्नुहॊस »विमानस्थलका कर्मचारीलाई दृढताका साथ काम गर्न अर्थमन्त्रीको निर्देशन
काठमाडाैं । अर्थमन्त्री डा प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई दृढताका साथ काम गर्न निर्देशन दिएका छन् । विमानस्थल अनुगमनपछि मन्त्री डा महतले आगामी दिनमा कुनै पनि बाहानामा वा कुनै पनि तबरबाट गैरकानुनी काम हुन नदिने प्रयासका लागि जिम्मेवार हुन आग्रह गरे । ‘अपराध र तस्कारी गर्ने मनसाय भएका व्यक्तिले नयाँ–नयाँ प्रविधिको प्रयोग गरिरहेका हुन्छन्, हामीले पनि हाम्रो प्रविधि समय सापेक्षा अपग्रेड गर्नुपर्ने हुन्छ’, उनले भने …
पुरा पढ्नुहॊस »सुन प्रकरणमा सत्ता पक्षकै हात छ : चित्रबहादुर केसी
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सुन प्रकरणमा सत्ता पक्षकै जिम्मेवार व्यत्तिहरुको संलग्नता रहेको आरोप लगाएका छन् । बुधवार प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैं अध्यक्ष केसीले सुन प्रकरणमा सत्ता पक्षकै जिम्मेवार व्यत्तिहरुको संलग्नता रहेको दावी गरे । उनले साना मानिसलाई पक्राउ गरेर नेपाली जनताको आँखामा छारो हाल्ने काम मात्र गरेको बताए । उनले भने,‘राज्य सत्ताका जिम्मेवार व्यक्ति सामेत नभईकन यत्रो ठूलो अपराध हुँनै सक्दैन् । अब साना …
पुरा पढ्नुहॊस »