काठमाडौँ । तस्करहरुले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको सुनको शुद्धता ९९ दशमलव ९ प्रतिशत भएको परीक्षणबाट पाइएको लागेको छ । हाल नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको सुन परीक्षण गर्दा पूर्ण शुद्ध रहेको पाइएको राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोखरेलले जानकारी दिए । उनले उक्त सुन ९९ दशमलव ९ प्रतिशत नै शुद्ध रहेको भनेर विभागलाई जानकारी गराइएको रासससँग बताए । ‘९९ दशमलव ९ प्रतिशत हुनु भनेको सुन पूर्ण …
पुरा पढ्नुहॊस »प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदित
काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिबाट प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन भएको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले श्रेष्ठको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको हो । समितिमा श्रेष्ठविरुद्धका उजुरीकर्तासँगको छलफलपछि श्रेष्ठको सुनुवाइ सुरु गरिएको थियो । समितिमा श्रेष्ठले कार्ययोजना पेस गरेका थिए । समितिले अनुमोदन गरेको पत्र पेश गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्ति गर्ने संवैधानिक प्रावधान रहेको छ । श्रेष्ठले १४ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् । ०१६ असोज २० …
पुरा पढ्नुहॊस »संकटमा मुख्यमन्त्री थापा, विश्वासको मत लिन कठिन
काठमाडौं । कोशी प्रदेश सभाको बैठक अनिश्चित भएको छ । उपसभामुख सृजना दनुवार विरामी भएको जानकारी दिएर काठमाडौं आएसँगै बैठक अनिश्चित बनेको हो । सत्तारुढ नेपाली कांग्रेसका सांसद खगेन सिङ हाङगामले आफूहरू ४७ जना सांसद मुख्यमन्त्रीलाई विश्वासको मत दिन संसदमा जाने बताए । ‘हामीहरू ४७ जना बनेर मुख्यमन्त्रीलाई विश्वासको मत दिन जान्छौँ, सदन चल्ने किन नचल्ने त्यही गएपछि थाहा होला,’ उनले भने, ‘उपसभामुखले कसैलाई जानकारी नदिई भागेर समाधान त हुँदैन …
पुरा पढ्नुहॊस »बोरामा हालेर भारत लगिँदै गरेका दुई बालबालिकाको उद्धार
काठमाडाैँ । सशस्त्र प्रहरी बल बाराको टोलीले दुई नेपाली बालबालिकालाई बोरामा राखेर भारत लैजाँदै गरेको अवस्थामा उद्धार गरेको छ । बाराको देवताल गाउँपालिका-३, नन्की अमुवा बस्ने शिवपुजन महतोकी ९ महिने छोरी लक्ष्मी महतो र स्थानीय प्रेमचन्द्र महतोका दुई वर्षीय छोरा सत्यमकुमार महतोलाई उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बोरामा हालेर लैजाने भारतीय नागरिक २२ वर्षीय ताबरेज आलमलाई पनि पक्राउ गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं १२ गणमातहतको …
पुरा पढ्नुहॊस »सीआईबीलले माधव र बाबुरामसँग बयान लियो
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग पनि बयान लिएको छ । उनलाई आइतबार राति ललिता निवास जग्गा प्रकरणमा सीआईबीले बयान लिएको हो । गएराति नै सीआईबीले अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि बयान लिएको थियो । सीआईबीका प्रवक्ता नवराज अधिकारीले सम्भवतः आजै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइने बताए । आइतबार प्रतिवेदन बुझाउने भनिएपनि प्राविधिक कारणले सम्भव नभएको उनको भनाई छ । माधव नेपाल …
पुरा पढ्नुहॊस »समाजवादी मोर्चाले भन्यो- संशय चिर्दै सातै प्रदेशमा घोषणासभा गर्छौँ
काठमाडौं । समाजवादी मोर्चाले प्रदेश स्तरमा घोषणा सभाको आयोजना गर्ने भएको छ । सोमबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले भदौ ८ गतेबाट प्रदेश स्तरमा घोषणा सभा गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपाका महासचिव नेत्रविक्रम चन्दले मोर्चाको बैठकमा समाजवादी मोर्चाको कामलाई प्रभावकारी बनाएर लैजाने बारेमा छलफल भएको बताए । उनले भ्रष्टाचार विरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय भएको पनि बताए । ‘छलफल राम्रो भयो, …
पुरा पढ्नुहॊस »उपसभामुख दनुवार काठमाडौँ उडिन्, एमाले र राप्रपाका ८ सांसद बिदामा
काठमाडौँ । प्रदेशसभा बैठक छलेर उपसभामुख सिर्जना दनुवार काठमाडौँ आएकी छन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि बोलाएको बैठक छलेर उपसभामुख दनुवार काठमाडौँ आएकी हुन् । उनी बिहान यति एयरलाइन्सको फ्लाइटबाट काठमाडौँ उडेकी हुन् । उनले प्रदेशसभा सचिवालयलाई आफू आज बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएकी छिन् । मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयमा आइतबारका लागि समय माग गरेका थिए तर, थापाको …
पुरा पढ्नुहॊस »प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको आज संसदीय सुनुवाइ हुँदै
काठमाडौँ । संसदीय सुनुवाइ समितिको निर्णयअनुसार आज प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ हुने भएको छ । समितिको आइतबारको बैठकले प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि संवैधानिक परिषद्बाट सिफारिस भई आएकोमा उनको सोमबार संसदीय सुनुवाइ गर्ने निर्णय गरेको हो । उक्त पदमा उनलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुद प्रमाणसहित १० दिनभित्र उजुरी दिन समितिले गत साउन २४ गते सार्वजनिक उजुरी आह्वान गरेकामा तीन वटा …
पुरा पढ्नुहॊस »आज नागपञ्चमी : यस्तो छ धार्मिक विश्वास र महत्त्व ?
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु …
पुरा पढ्नुहॊस »आज चार प्रदेशमा भारी वर्षाको सम्भावना (तीन दिनको पूर्वानुमान)
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित छ । साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको …
पुरा पढ्नुहॊस »