नेपालमा पश्चिमबाट क्रमशः पूर्व सर्दै मनसुन पूर्वबाट बाहिरिन्छ । तर, यो वर्ष आजसम्म मनसुन पश्चिमबाट पूर्वतर्फ सर्नेक्रम सुरु भएको छैन । भारतको राजस्थानको पश्चिबाट मनसुन बाहिरिसकेको मौसमविद् बरुण पौडेल बताउँछन् ।
पुरा पढ्नुहॊस »बढेको ग्यास र पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौँ । नेपाल आयल निगमले बढाएको ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको निर्देशनअनुरुप बढेको मूल्य आजदेखि फिर्ता भएको हो । यद्यपि स्वचालित मूल्य प्रणालीको लागू भने भइरहने निगमले स्पष्ट पारेको छ ।
पुरा पढ्नुहॊस »जलहरी प्रकरण : सदस्यसचिव थापासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको सुनको जलहरीमा हिनामिना गरेको आरोपमा तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आइतबार अख्तियारले विशेष अदालतमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकाल, तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापा र स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो । मिलनकुमार थापा अहिले कोषका सदस्य सचिव छन् । उनीहरूमाथि एक करोड १७ लाख १ हजार ७२१ रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ । उनीहरूले १४९१.७१८ …
पुरा पढ्नुहॊस »ग्यास र पेट्रोलियम पदार्थमा घटेको मूल्य राति १२ बजेपछि मात्रै लागू हुने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको निर्देशनअनुरुप आइतबार राति १२ बजेपछि मात्रै पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लागू हुने भएको छ । नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै राति १२ बजेदेखि लागू हुनेगरी मूल्यवृद्धि फिर्ता लिइएको जानकारी गराएको छ । यसअघि शनिबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँ तथा डिजेल/मट्टितेल ६ रुपैयाँ, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाएको थियो । जुन मूल्यवृद्धि आइतबार …
पुरा पढ्नुहॊस »सहमतिको मसी सुक्न नपाउँदै केएमसीका चिकित्सक कुटिए
काठमाडौं । सरकारसँगको सहमतिको मसी सुक्न नपाउँदै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सक कुटिएका छन् । आइतबार बिहान ओपीडीमा बिरामी जाँच गराइरहेका चिकित्सक डा. मनिष खड्कामाथि आक्रमण भएको हो । बिरामीलाई समयमै जाँच नगरेको भन्दै बिरामीका आफन्तले डा. खड्कामाथि हेलमेट प्रहार गरेका हुन् । चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । बिरामी उपचारमा खटिएका आफ्ना सहकर्मीमाथि आक्रमण भएपछि अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकहरू विरोधमा उत्रिएका छन् । उनीहरू …
पुरा पढ्नुहॊस »सुन तस्करी प्रकरण : पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा उच्चस्तरीय छानबिन आयोग
काठमाडाैं । सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा चार सदस्यीय उच्चस्तरीय छानबिन आयोग गठन गरिएको छ । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीच आज भएको छलफलपछि पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा छानबिन आयोग गठन गरिएको हो । आचार्य संयोजकत्वको चार सदस्यीय टोलीमा अर्थ मन्त्रालयका किशोरजंग कार्की र गृह मन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा रहेको जाँचबुझ आयोग गठन गरेको सरकारकी …
पुरा पढ्नुहॊस »पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने सरकारको निर्णय
काठमाडौँ । नेपाल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि कार्यान्वयन नगर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले हाललाई पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने निर्णय गरेको हाे । पुरानो मुल्यसुची कायम गर्दा स्वचालित मूल्य प्रणालीमा पर्ने प्रभावलाई अनुदानको रूपमा व्यवस्थापन गरिनेछ । नेपाल आयल निगम संचालक समितिको बैठक बसेर पुरानो मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले जानकारी दिए । नेपाल आयल …
पुरा पढ्नुहॊस »रास्वपाले गर्यो प्रधानमन्त्रीले बोलाएको बैठक बहिस्कार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठक बहिष्कार गरेका छन् । प्रधानमन्त्रीले अहिले बिहान ११ बजेपछि बस्ने गरी बोलाएको सात दलको बैठक रास्वपाले बहिस्कार गरेको हो । सभापति रवि लामिछानेले मूल्यवृद्धिको विरोधमा बैठक बहिष्कार गरेको बताए । ‘चाड पर्वहरूको मुखमा आम उपभोक्ताहरूलाई मार पर्ने गरी सरकारले गरेको मूल्यवृद्धि प्रति हाम्रो गम्भीर आपत्ति छ,’ उनले सामाजिक सञ्जालमार्फत भएका छन्, ‘यसको विरोध स्वरूप आज प्रधानमन्त्री ज्युले बोलाउनु …
पुरा पढ्नुहॊस »मालदिभ्सलाई १३८ रनले हराउँदै नेपाल क्वाटरफाइनलमा
काठमाडौँ । नेपाल १९औँ एशियन गेम्सको क्रिकेट अन्तर्गत क्वाटरफाइनलमा पुगेको छ । समूह चरणको खेलमा आज मालदिभ्सलाई १३८ रनले पराजित गर्दै नेपालले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । नेपालले दिएको २१३ रनको लक्ष्य पछाएको मालदिभ्सले १९.४ ओभरमा अलआउट हुँदै ७४ रन बनाएको थियो । माल्दिभ्सविरुद्ध नेपाली बलर अविनाश बोहोराले सर्वाधिक ६ विकेट लिएका थिए । अविनाशले ३.४ ओभरमा ११ रन दिएर ६ विकेट लिएका थिए । कुशल भुर्तेल, सोमपाल …
पुरा पढ्नुहॊस »खाना पकाउने ग्यासको मूल्य २१ सय नाघ्यो (नयाँ मूल्य सूची)
काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजदेखि लागू हुनेगरी ग्यास प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाएको हो । पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँ बढेको छ । मूल्यवृद्धिसँगै एक सिलिन्डर ग्यासको २ हजार ११० र काठमाडौंमा पेट्रोल प्रतिलिटर १८५ र डिजेलरमट्टितेल प्रतिलिटर १७५ पुगेको छ । इन्डियन आयल कर्पोरेसनबाट शनिबार प्राप्त नयाँ खरिद मूल्य अनुसार मूल्य समायोजन गरेको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख …
पुरा पढ्नुहॊस »