LP-Gas/ग्यास र पेट्रोलियम पदार्थको मूल्य घट्ने

बढेको ग्यास र पेट्रोलियम पदार्थको मूल्य घट्यो

[News from Nepal from News Dainik Latest News of Nepal]

काठमाडौँ । नेपाल आयल निगमले बढाएको ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको निर्देशनअनुरुप बढेको मूल्य आजदेखि फिर्ता भएको हो ।

यद्यपि स्वचालित मूल्य प्रणालीको लागू भने भइरहने निगमले स्पष्ट पारेको छ । घटाइएको मूल्यबाट पर्ने नोक्सानी मूल्य स्थिरिकरण कोषबाट ब्यहोर्ने निगमले जनाएको छ । ‘नजिकिँदै गरेको चाडपर्व तथा उपभोक्ताको हितलाई ध्यानमा राखी प्रधानमन्त्रीबाट निर्देशन भएबमोजिम स्वचालित मूल्य प्रणाली यथावत हुनेगरी हाल भएको मूल्यवृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्नेगरी मूल्यवृद्धि फिर्ता गरिएको छ’ निगमको विज्ञप्तिमा उल्लेख छ ।

[News from Nepal from News Dainik Latest News of Nepal]

यसअघि शनिबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँ तथा डिजेलरमट्टितेल ६ रुपैयाँ, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाएको थियो । जुन मूल्यवृद्धि आजबाट फिर्ता भएको हो ।

[News from Nepal from News Dainik Latest News of Nepal]

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धैरै कर तिर्नेमा नेपाल टेलिकम, बैंकतर्फ नबिल

काठमाडौं । आर्थिक वर्ष २०८०/८१मा सबैभन्दा बढी कर तिर्ने संस्था नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल …

प्रतिकृया दिनुहॊस