जलहरी प्रकरण : सदस्यसचिव थापासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको सुनको जलहरीमा हिनामिना गरेको आरोपमा तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आइतबार अख्तियारले विशेष अदालतमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकाल, तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापा र स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो ।

मिलनकुमार थापा अहिले कोषका सदस्य सचिव छन् । उनीहरूमाथि एक करोड १७ लाख १ हजार ७२१ रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ । उनीहरूले १४९१.७१८ ग्राम (एक किलो ४ सय ९१ ग्राम ७ सय १८ मिलिग्राम) सुन हिनामिना गरेको अख्तियार प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रदीप ढकाल र मिलनकुमार थापाले मन्दिरमा सुनको जलहरी निर्माण गर्दा प्रयोग हुने बहुमूल्य सुन लगायतका धातुहरूको उचित संरक्षणको गर्नुपर्ने, सुनको जलहरी बनाउने जस्तो संवेदनशील विषयमा सम्बन्धित आधिकारिक ज्ञान भएको विज्ञ व्यक्तिसँग मात्र जलहरी निर्माणको कार्य अगाडि बढाउनुपर्नेमा सो नगरेको अख्तियारले जनाएको छ ।

यस्तो छ अख्तियारको आरो पत्र

विषयः आरोपपत्र दायर गरिएको ।

पशुपति क्षेत्र विकास कोषका संचालक परिषद्को पत्र, पशुपतिनाथ मन्दिरका मूलभट्टको निवेदन, श्रीको जलहरी निर्माण ब्यबस्था समिति गठन भएको पत्र, पशुपति क्षेत्र विकास कोष संचालक परिषद्को रकम निकासा सम्बन्धीको पत्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको श्रीपशुपतिनाथको मन्दिरमा सुनको जलहरी निर्माणको लागि रु. ३० करोड रकम निकासाका लागि अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखालाई लेखिएको पत्र, अर्थ मन्त्रालय सिंहदरबार काठमाडौंको सुनको जलहरी निर्माण गर्न आबश्यक पर्ने सुन नेपाल राष्ट्र बैंकसंग खरिद गर्ने, खरिद गरेको सुनको नेपाल राष्ट्र बैंकलाई भुक्तानी गर्नुपर्ने रकममध्ये कोषको स्रोतबाट अपर्याप्त हुने रकममध्ये रु. ३० करोड कोषलाई उपलब्ध गराउने गरी खरिद प्रक्रिया अगाडि बढाउन सहमति दिने भन्ने समेत ब्यहोराको पत्र, सुनको जलहरी निर्माण कार्यका लागि कार्यटोली गठन भएको पत्र, सुन खरिद बिक्री सम्बन्धी सम्झौता पत्र, लकरमा सुन राखिएको मुचुल्का, सुनको जलहरी निर्माण कार्य आरम्भ गरिएको मुचुल्का, नेपाल राष्ट्र बैंक गभर्नरको कार्यालय बालुवाटारको १० किलोग्रामसम्म सुन र दुई किलोग्राम सम्म चाँदी डेपुटी गभर्नर र सोभन्दा माथि गभर्नरज्यूबाट भएको निर्णय तथा कोषको माग बमोजिमको सुन बिक्री गरिएको र नेपाल राष्ट्र बैंक सुन चाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्री सम्बन्धी कार्यबिधि, २०७५ को दफा १० (छ) बमोजिम कच्चा सुन चाँदी ९९९ टच भन्दा कम गुणस्तरको मात्र बिक्री गर्न मिल्ने ब्यबस्था रहेकोले कोषबाट सोही बमोजिम कम टचको सुन खरिद गर्न मन्जुर गरी मिति २०७७/१०/२६ मा बैकसँग सम्झौता गरी बैंकको मौज्दातमा रहेको सुन बिक्री गरिएको भन्ने ब्यहोरा पत्रसमेतको सम्बन्धमा अनुसन्धान हुँदा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य–सचिव डा. प्रदिप ढकाल र ऐ. कोषका तत्कालीन कोषाध्यक्ष हालका सदस्य सचिव डा. मिलन कुमार थापाले सुनको जलहरी निर्माण समितिको संयोजक तथा पशुपति क्षेत्र बिकास कोष संचालक परिषद्का तत्कालीन कोषाध्यक्ष समेतको जिम्मेवारीमा रही श्रीपशुपतिनाथ मन्दिरमा सुनको जलहरी निर्माण गर्दा प्रयोग हुने बहुमुल्य सुन लगायतका धातुहरुको उचित संरक्षणको प्रबन्ध गर्नुपर्ने, सुनको जलहरी बनाउने जस्तो संबेदनशील बिषयमा सम्बन्धित आधिकारिक ज्ञान भएको बिज्ञ ब्यक्तिसँग मात्र जलहरी निर्माणको कार्य अगाडि बढाउनुपर्नेमा सो नगरी सुन सम्बन्धी काम गर्न सक्ने सम्बन्धित निकायबाट ईजाजत नलिईएको अनाधिकृत ब्यक्तिमार्फत कालिगढको रुपमा काममा लगाई सुनको जलहरी निर्माण कार्यलाई अगाडि बढाई कामको जिम्मेवारी दिएको देखिएको, नेपाल राष्ट्र बैंकबाट खरिद गरिएको सुन १०३,७७३.१ ग्रामको शुद्व सुन (उगचभ नयमि) १०२६१४.० ग्राम देखिन आएको, सुनको जलहरी निर्माणमा प्रयोग भएको सुन, चाँदी, तामासमेत गरी कुल १०६,४३२.५ ग्राम सुनको शुद्व सुन (उगचभ नयमि) ज्ञण्ण्ण्डछ.ढ ग्राम देखिन आएको र रुद्रगाडेश्वरमा बाँकी रहेको चाँदी, तामासमेत गरी १०३७.५ ग्राम सुनको शुद्व सुन (उगचभ नयमि) ९६२.६ ग्राम शुद्व सुन देखिएको, सुनको जलहरीमा प्रयोग भएको चाँदी, तामासमेत मिसावट गरी हुन आउने १०६,४३२.५ ग्राम सुन र रुद्रगाडेश्वरमा बाँकी रहेको चाँदी, तामा समेत मिसावट गरी हुन आउने १०३७.५ ग्राम सुन गरी जम्मा तौल १०७,४७०.० ग्राम सुनको शुद्व सुन (pure gold) १०१,०४८.५ ग्राम मात्र रहेको देखिन आएबाट नेपाल राष्ट्र बैंकबाट खरिद गरिएको १०३,७७३.१ ग्राम सुनको शुद्व सुन (उगचभ नयमि) १०२६१४.० ग्रामबाट सुनको जलहरी निर्माणमा प्रयोग भएको सुन तथा निर्माणका क्रममा बाँकी रहेको सुनसमेत गरी शुद्व सुन (pure gold) १०१,०४८.५ ग्राम घटाउँदा १५६५.६ ग्राम शुद्व सुनको परिमाणमा अन्तर (फरक) देखिएकोले जर्तीबापत नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याएको जर्ती मापदण्ड अनुसार हुने ०.०७२% ले हुन आउने ७३.८८२०८ ग्राम सुन घटाउँदा बाँकी हुन आउने १४९१.७१८ ग्राम (एक किलो चार सय एकान्नब्बे ग्राम सात सय अठार मिलिग्राम) सुन निज प्रतिबादीहरु डा. प्रदिप ढकाल र डा. मिलन कुमार थापाले हिनामिना गरेको देखिएकोले उक्त हिनामिना गरेको सम्बन्धमा निज डा. प्रदिप थापा र डा. मिलन कुमार थापाको भूमिका हेर्दा मिति २०७७/११/११ गते राति ०८ः०० बजे गरिएको मुचुल्कामा मिति २०७७/१०/२९ गते देखि बिभिन्न मितिमा भएका मुचुल्का अनुसार प्राप्त हुन आएका सुनलाई रुद्रगाडेश्वर स्थित नेपाली सेनाको सुरक्षामा श्रीपशुपतिनाथको सुनको पिठिका (जलहरी) निर्माण भई रहेकोमा आजका मितिमा उक्त सुनको पिठिका जलहरी निर्माण कार्य सम्पन्न भई जलहरीका सामानहरुको जोखतौल गरी सम्पन्न भएको र जलहरी बनाएर टुक्राटाक्री अबस्थामा १०९७६ ग्राम सुन बाँकी रहेको भनी मुचुल्कामा उल्लेख गरिएको तर सोही दिन मिति २०७७/११/११ गते राति ११ः०० बजे गरिएको मुचुल्कामा ९६ किलो ८२२ ग्राम भएको सुनको जलहरीलाई श्रीपशुपतिनाथको मन्दिरमा अपर्ण गरियो भनी मुचुल्का टुग्याईसकिएको अबस्थामा रिङ्गसमेत जलहरीमा नलगाईएको अबस्थामा पनि सोही मुचुल्कामा साथै बाँकी रहेको सुनको टुक्राहरु रिङ्ग बनाई जलहरीमा लगाईयो भनी बाक्यांश थप गर्न डा. प्रदिप ढकालले लगाएको भनी कोषका सह सहायक बासुदेब रिमालले खुलाएको देखिएको, मिति २०७७/११/११ गते सम्म रुद्रगाडेश्वरस्थित सेफबाट सुन बाहिर निकाल्दा तथा राख्दा समेत सम्पूर्ण मुचुल्काहरु गरिएपनि रिङ्ग बनाउने क्रममा मिति २०७७/११/११ गते पछि कुनै पनि मुचुल्काहरु नगरी अनाधिकृत रुपमा रुद्रगाडेश्वरस्थित सेफबाट सुन बाहिर निकालि प्रयोगमा ल्याएको सुनको हिनामिना गर्ने नियतका साथ मिश्रणमा सुनको मात्रा ज्ञद्धढज्ञ.ठज्ञड ग्राम घटाई चाँदी र तामाको मात्रा बढाएकोमा क्रमशः 1041 ग्राम तथा 732.62 ग्राम साथै मिति २०७७/११/२० गते सुनको जलहरी निर्माणका कार्यटोली सदस्यहरुलाई जानकारी नै नदिई उक्त दिन कोषका तत्कालीन कोषाध्यक्ष डा. मिलन कुमार थापा, बिशेट नाईके अरूण कुमार श्रेष्ठसमेत भई रिङ्ग बनाउन भनी मुचुल्कासमेत नगरी अनाधिकृत रुपमा रुद्रगाडेश्वर ज्यासलमा सेफभित्र रहेको सुन बाहिर निकाली शिल्भर रोलिङ्ग सर्भिसमा लगी रिङ्ग र पेच किला समेत बनाएको देखिएको, यसैगरी कार्यटोलीका अन्य सदस्यहरुलाई समेत सुचना तथा जानकारी समेत नदिई मिति २०७७/११/२० गतेकै दिन बिना मुचुल्का रिङ्ग तौलसमेत नगरी जलहरीमा समेत राखेको देखिएको, मिति २०७७/११/२० गतेकै दिन रिङ्ग बनाई बाकी रहेको सुन के कति परिमाण रहेको भन्ने सम्बन्धी नापतौल तथा मुचुल्का समेत नगरी सुनको हिनामिना गर्ने नियतले अपारर्दर्शी ढंगले राखेको, नेपाल राष्ट्र बैंक, मुद्रा ब्यबस्थापन बिभागबाट प्राप्त पत्रमा गलान गर्ने कार्यमा ०.०३०%, पाता तथा चक्की निर्माण कार्यमा ०.०२०% र पोली (पाता चक्की सफाई कार्य) मा ०.०२२% गरी जम्मा ०.०.७२% सामान्य जर्तीको मात्रामा सुन प्रयोग हुने भन्ने समेत खुलि आएको र अनुसन्धानको क्रममा नेपाल गुणस्तर तथा नापतौल बिभागमा कार्यरत निरीक्षक बिशाल जिरेलसमेतले हामीलाई उपलब्ध गराईएको तथ्याङ्गहरुको आधारमा प्रतिबेदन तयार गरिएको र प्रतिबेदनमा उल्लिखित १.५६५६ के.जी. शुद्ध सुनको अन्तर बास्तबिक हो, यसबाट बास्तबिक शुद्व सुनको परिमाण यकिन गर्न सकिन्छ भन्ने समेतको बेहोरा खुलाई कागज गरेको देखिन्छ भने मिति २०७७/११/२० गतेका कोषको आधिकारिक निर्णय तथा मुचुल्का बिना रिङ्ग बनाउने भनी सुन लिई रिङ्ग बनाएको देखिएको हुँदा परिषद्का जिम्मेवार पदाधिकारीहरु श्रीपशुपति क्षेत्र बिकास कोषका तत्कालीन सदस्य सचिब डा. प्रदिप ढकाल र ऐ. कोषका तत्कालीन कोषाध्यक्ष हालका सदस्य सचिव डा. मिलन कुमार थापासमेतको निर्देशनमा रिङ्ग जडान गर्ने तथा बाँकी रहेको सुन राख्ने क्रममा बिना मुचुल्का अनाधिकृत रुपमा गरेको भन्ने निजहरुको बयान कागजातसमेतबाट खुलेको हुँदा बदनियतपूर्बक सुनको जलहरी निर्माणको क्रममा हानिनोक्सानी भएको १४९१.७१८ ग्राम सुनको नेपाल राष्ट्र बैंकसँग किनेको मूल्यमा पर्न आउने मुल्य रु.१,१७,०१,७८१.८५ (एक करोड सत्र लाख एक हजार सात सय एकासी रुपैया पचासी पैसा) मुल्य बराबरको सुन हिनामिना गर्ने कार्यमा यि प्रतिबादीहरु डा. प्रदिप ढकाल र डा. मिलन कुमार थापाको प्रत्यक्ष भूमिका समेत रहेको पुष्टि हुन एवं उक्त हिनामिना भएको सुनको बिगोको सम्बन्धमा निजहरुले सुनको जलहरी निर्माणका क्रममा नेपाल राष्ट्र बैंकबाट मिति २०७७÷१०÷२९ गते खरिद गरेको ६४१६३.४०० ग्राम सुनको दररेटलाई कायम गरी सो दिनको प्रतिग्रामको रु.७८४४.५० को दरले १४९१.७१८ ग्राम सुनको पर्न आउने मुल्य रु.१,१७,०१,७८१.८५ (एक करोड सत्र लाख एक हजार सात सय एकासी रुपैया पचासी पैसा) बराबरको सार्बजनिक संस्थाको सम्पत्ति सुनमा बदनियत गरी हिनामिना, हानिनोक्सानी तथा दुरुपयोग गरेको देखिएकोले निज प्रतिवादी डा. प्रदिप ढकाल, डा. मिलन कुमार थापाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको देखिएकोले निज डा. प्रदिप ढकाल र डा. मिलन कुमार थापालाई बिगो रु.१,१७,०१,७८१.८५ (एक करोड सत्र लाख एक हजार सात सय एकासी रुपैया पचासी पैसा) कायम गरी निज डा. प्रदिप ढकाल र डा. मिलन कुमार थापालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देष गरे बमोजिम ऐ.ऐ. ऐनको दफा ३ को उपदफा (१) को (झ) बमोजिम कैद र ऐ.ऐ.ऐनको दफा ३ (१) बमोजिम बिगो बमोजिम जरिवाना र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम निजहरुबाट बिगो रकमसमेत असुल उपर हुन साथै निज प्रतिवादी डा. प्रदिप ढकाल नेपाल सरकारबाट नियुक्ति भई श्रीपशुपति क्षेत्र बिकास कोष संचालक परिषद्को सदस्य सचिवको जिम्मेवारी प्राप्त गरी सार्बजनिक पदको जिम्मेवारीमा रहेको देखिँदा निजउपर भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन समेत मागदाबी लिइएको छ ।

पशुपति क्षेत्र बिकास कोषमा कार्यरत बिशेट नाईके (स्टोरकिपर) अरुण कुमार श्रेष्ठले पशुपति क्षेत्र बिकास कोषको बिशेट नाईके (स्टोरकिपर) पदमा कार्यरत रही कोषको सम्पत्ति संरक्षण गर्ने जिम्मेवार ब्यक्ति रहेकोमा श्रीपशुपतिनाथ मन्दिरभित्र सुनको जलहरी निर्माणका क्रममा नेपाल राष्ट्र बैंकबाट खरिद गरिएको सुन लगायत सोही कार्यमा अन्य दाताहरुबाट प्राप्त सुन, चाँदी, तामासमेतको अभिलेख गरी पार्दशीरुपमा दुरुस्त राख्ने पर्नेमा सो समेत नराखी सुनको जलहरी निर्माणका क्रममा रुद्रगाडेश्वरमा बाँकी रहेको सुनसमेत मिति २०७७/११/२० गतेका दिन डा. मिलन कुमार थापाको मिलेमतो योजनामा रिङ्ग बनाउने भनी कोषको आधारिकारिक निर्णय तथा मुचुल्का बेगर के कति परिमाणको सुन रिङ्गसमेत बनाउन लगिएको हो? के कति परिमाणको सुनको रिङ्ग बनाईयो, के कति परिमाणको सुन बाँकी रह्यो भन्ने समेतको अबस्थामा बिना मुचुल्का गैरजिम्मेवारी तवरले कार्य गरेको, साथै निज अरूण कुमार श्रेष्ठ श्रीपशुपति क्षेत्र बिकास कोषले जिम्मा दिएको सम्पति सुरक्षित साथ राख्ने र कोषलाई आबश्यक परेको अबस्थामा दाखिला गराउने गरी जिम्मा लिई कार्यरत रहदै आएको र सुनको जलहरी निर्माणका क्रममा निर्माणस्थलको बिहान तथा दिउँसोको दुबै सिफटको कार्यटोलीमा खटिईएको जिम्मेवार ब्यक्तिले मिति २०७७/११/२० गतेका दिन कोषको आधिकारिक निर्णय, कोषका जिम्मेवार सदस्य तथा कार्यटोलीका सदस्यहरुलाई समेत तत्कालै जानकारी नदिई बिना नापतौल तथा मुचुल्का गैरजिम्मेवारी तवरले आफनो जिम्मामा रुद्रगाडेश्वर ज्यासलस्थित सेफमा बाँकी रहेको सुन रिङ्ग बनाउने भनी कोषका तत्कालीन कोषाध्यक्ष डा. मिलन कुमार थापाले निर्देशन दिदाँका बखत कुनै प्रतिवादद नगरी सुन उपलव्ध गराएको एवं सुनको जलहरी निर्माणमा प्रयोग भएको सुन, निर्माणका क्रममा बाँकी रहेको सुनसमेत के कति थियो भन्ने बिषयमा तत्काल तौल तथा मुचुल्कासमेत पारदर्शि रुपमा ब्यबस्थित नगरी बदनियत, लापरवाही तरिकाले आफुलाई दिएको जिम्मेवारीलाई बेवास्ता गरी जलहरीमा प्रयोग भएको चाँदी तथा तामा परिमाणमा फरक पारी सुनको परिमाण ज्ञद्धढज्ञ.ठज्ञड ग्राम कम गरी चादी र तामाको परिमाणमा क्रमशः 1041 ग्राम तथा 732.62 ग्राम बृद्ध गरी सुनको हिनामिना गर्ने कार्यमा संलग्न रहेको देखिएको हुँदा निज प्रतिवादी बिशेट नाईके अरुण कुमार श्रेष्ठले बदनियतपूर्ण कार्य तथा लापरबाही तरिकाले सुनको जलहरी निर्माणको कार्य गरेको देखिएको हुँदा निज प्रतिवादी अरुण कुमार श्रेष्ठले सुनको जलहरी निर्माणका क्रममा नेपाल राष्ट्र बैंकबाट खरिद गरिएको १०३,७७३.१ ग्राम सुनको शुद्व सुन (pure gold) १०२६१४.० ग्राम देखिन आएको, सुनको जलहरी निर्माणमा प्रयोग भएको चाँदी, तामासमेत मिसावट गरी हुन आउने १०६,४३२.५ ग्राम सुनको शुद्व सुन (pure gold) ज्ञण्ण्ण्डछ.ढ ग्राम र रुद्रगाडेश्वरमा बाँकी रहेको चाँदी, तामासमेत मिसावट गरी हुन आउने १०३७.५ ग्राम सुनको शुद्व सुन (pure gold) ९६२.६ ग्राम समेत गरी जम्मा तौल सुन १०७,४७०.० ग्राममा शुद्व सुन (pure gold) १०१,०४८.५ ग्राम मात्र रहेको देखिन आएबाट नेपाल राष्ट्र बैंकबाट खरिद गरिएको १०३,७७३.१ ग्राम सुनको शुद्व सुन (pure gold) १०२६१४.० ग्रामबाट सुनको जलहरी निर्माणमा प्रयोग भएको सुन तथा निर्माणका क्रममा रुद्रगाडेश्वरमा बाँकी रहेको सुनसमेत शुद्व सुन उगचभ नयमि १०१,०४८.५ ग्राम सुन घटाउँदा १५६५.६ ग्राम सुनको परिमाणमा अन्तर (फरक) देखिएकोले उक्त अन्तर देखिएकोमा नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याएको जर्ती मापदण्ड अनुसार हुने ०.०७२% ले हुन आउने ७३.८८२०८ ग्राम सुन घटाउँदा बाँकी हुन आउने १४९१.७१८ ग्राम (एक किलो चार सय एकान्नब्बे ग्राम सात सय अठार मिलिग्राम) सुन निज बिशेट नाईके अरुण कुमार श्रेष्ठसमेत संलग्न भई हिनामिना गरेको देखिएकोले निज प्रतिबादीले सुनको जलहरी निर्माणका क्रममा नेपाल राष्ट्र बैंकबाट मिति २०७७/१०/२९ गते खरिद गरेको ६४१६३.४०० ग्राम सुनको दररेटलाई कायम गरी सो दिनको प्रतिग्रामको रु.७८४४.५० (सात हजार आठ सय चौवालिस रुपैया पचास पैसा) को दरले १४९१.७१८ ग्राम (एक किलो चार सय एकानव्वे ग्राम सात सय अठार मिलिग्राम) सुनको पर्न आउने मुल्य रु.१,१७,०१,७८१.८५ (एक करोड सत्र लाख एक हजार सात सय एकासी रुपैया पचासी पैसा) बराबरको सार्बजनिक संस्थाको सम्पत्ति सुनमा बदनियत गरी हिनामिना, हानिनोक्सानी तथा दुरुपयोग गरेको देखिएकोले निज प्रतिवादी बिशेट नाईके अरुण कुमार श्रेष्ठले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको देखिएकोले निज बिशेट नाईके अरुण कुमार श्रेष्ठलाई बिगो रु.१,१७,०१,७८१.८५ (एक करोड सत्र लाख एक हजार सात सय एकासी रुपैया पचासी पैसा) कायम गरी निज बिशेट नाईके अरुण कुमार श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देष गरे बमोजिम ऐ.ऐ. ऐनको दफा ३ को उपदफा (१) को (झ) बमोजिम कैद र ऐ.ऐ. ऐनको दफा ३(१) बमोजिम बिगो बमोजिम जरिवाना हुन र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम निजबाट बिगो रकम समेत असुल उपर गरी पाउन मागदाबी लिई आज आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंका यी स्थानमा आजदेखि विद्युत आपूर्ति अवरुद्ध (सूचनासहित)

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आजदेखि विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल …

प्रतिकृया दिनुहॊस

This will auto close after