सुन तस्करी प्रकरण : पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा उच्चस्तरीय छानबिन आयोग

काठमाडाैं । सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा चार सदस्यीय उच्चस्तरीय छानबिन आयोग गठन गरिएको छ ।

बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीच आज भएको छलफलपछि पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा छानबिन आयोग गठन गरिएको हो ।

आचार्य संयोजकत्वको चार सदस्यीय टोलीमा अर्थ मन्त्रालयका किशोरजंग कार्की र गृह मन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा रहेको जाँचबुझ आयोग गठन गरेको सरकारकी प्रवक्ता मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री