प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप

काठमाडौं – नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्विप जारी गरेको छ । सोमबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सबै सांसदहरूका नाममा पत्र लेख्दै प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको विपक्षमा मतदानका लागि ह्विप जारी गरेका हुन् ।

फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन पनि कांग्रेसले आफ्ना सांसदहरूलाई आग्रह गरेको छ। प्रतिनिधि सभामा कांग्रेसका ८८ जना सांसद छन् । ‘प्रधानमन्त्री दाहालले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्वीप) जारी गरिएको छ,’ लेखकले ह्वीपमा भनेका छन् ।

गत २१ फागुनमा प्रधानमन्त्री प्रचण्डले तत्कालीन नेपाली कांग्रेस नेतृत्वको सात दलीय गठबन्धन त्याग्दै २०७९ पुस १० गते बनेको एमालेसहितको नयाँ गठबन्धन बनाएका थिए ।

Nepali congress

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री