साइकल यात्रीलाई ठक्कर दिने बसमा स्थानीयले लगाए आगो

काठमाडौं । सर्लाहीमा स्थानीयले बसमा आगो लगाएका छन् । सोमबार साइकललाई यात्रुवाहक बसले ठक्कर दिएपछि आक्रोशित स्थानीयले बसमा आगो लगाएका हुन् ।

नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत मलंगवा तर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले साइकल यात्री कविलासी नगरपालिका १० सलेमपुरका स्थानीय जुगल महतोलाई ठक्कर दिएको थियो । दुर्घटनामा परेका महतो गम्भीर घाइते भएका छन् । दुर्घटनापछि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो तर सामान्य उपचारपश्चात् काठमाडौं रेफर गरिएको छ ।

घटना लगतै स्थानीयले बसमा आगजनी गरेको प्रहरीका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए । आगजनी बाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ । बसका चालक प्रहरीको नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बझाङमा मतगणना गर्न सर्वदलीय बैठक सुरु

काठमाडौं । उपनिर्वाचनअन्तर्गत बझाङ-१ ‘क’ मा मतगणना गर्न सर्वदलीय बैठक सुरु भएको छ । शनिबार …

प्रतिकृया दिनुहॊस