Tag Archives: featured

जेठ १८ ‘सिइओ कन्फरेन्स’ हुने

काठमाडौँ । नेपाल व्यवस्थापन संघले जेठ १८ शुक्रवार सिइओ कन्फरेन्स आयोजना गर्ने भएको छ । संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेठ १८ शुक्रवार काठमाडौँको सोल्टी होटलमा सिइओ कन्फरेन्स आयोजना गर्न लागेको जानकारी दिएको हो । सीइओ कन्फरेन्समा अन्तर्राष्ट्रिय विज्ञहरूबाट अनुसन्धानमा आधारित दृष्टिकोण, ज्ञान र विचार प्रस्तुत हुने संघले बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष मोहनराज ओझाले परिर्वतनहरुलाई सही मानसिकता तथा पहललाई आत्मसात गरी कामको भविष्य सिर्जना गर्न …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंक र एनसिएचएलबीच समझदारी

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसिएचएल) ले नेपाल र भारतबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। विकास बैंकहरूमध्ये यस बैंक एनसिएचएलसँग अन्तर्देशीय कारोबार भुक्तानीका लागि सम्झौता गर्ने पहिलो विकास बैंक भएको बैंकको दाबी छ। भारतमा नोष्ट्रो खाता सञ्चालनमा रहेकाले बैंकले उक्त सुविधा प्रदान गर्न सक्षम भएको बताइएको छ। सम्झौतापछि अन्तर्देशीय कारोबार क्रस बोर्डर भुक्तानी सेवा सुरुवात लगत्तै नेपालमा रहेका भारतीय नागरिकहरूले नेपाल …

पुरा पढ्नुहॊस »

एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी

काठमाडौँ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक दिनमै ५० युनिट अत्याधुनिक प्रविधिका बीवाईडी ईभी डेलिभरी गरेको छ । शनिबार काठमाडौंको गुहेश्वरीमा अवस्थित र हालै पुनर्निर्मित बीवाईडी सर्भिस सेन्टरमा सो ऐतिहासिक इभेन्ट सम्पन्न भएको हो । उत्साह र प्रतीक्षाले भरिएको सो इभेन्टमा उत्सुक ग्राहकहरुलाई बीवाईडी एट्टो ३ र बीवाईडी डल्फिन ईभी डेलिभरी गरियो । यसले नेपालमा दिगो र वातावरणमैत्री यातायात समाधान तर्फ उदाहरणीय परिवर्तनको संकेत गरेको कम्पनीले जनाएको …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकद्वारा बेनी अस्पताल म्याग्दीलाई वाटर फिल्टर सहयोग

काठमाडौँ । विगत सत्र वर्ष देखि आम नेपाली सर्वसाधारण ग्राहकवर्गहरुमाझ सर्वसुलभ बैंकिङ्ग सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशको म्याग्दी जिल्ला स्थित बेनी अस्पताललाई आरवा (RO) वाटर फिल्टर सहयोग प्रदान गरेको छ । बेनी अस्पतालमा आज आयोजित एक कार्यक्रमका बीच अस्पताललाई वाटर फिल्टर हस्तान्तरण गरिएको छ । अस्पतालमा सुरक्षित खानेपानीको अभावका कारण बिरामीहरूलाई कठिनाइका साथसाथै स्वास्थ्यकर्मीहरूलाई पनि सेवा प्रवाहमा असहजता भएको …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ बैंकद्वारा विद्यार्थीहरूलाई स्कुल पोसाक वितरण

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले शिक्षा तथा बालबालिकाहरूको हित सम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगत कामहरू गर्दै आएको छ । सोही क्रममा बैंकले नवलपुरको वुलिङटार स्थित श्री रम्भादेवी आधारभूत विद्यालयमा नर्सरी देखि कक्षा ०५ सम्मका ७६ जना विद्यार्थीहरूलाई स्कुल पोसाक (School Uniform) वितरण गरेको छ । उक्त हस्तान्तरण कार्यक्रममा बैंकका कर्मचारीहरू, विद्यालयका शिक्षक तथा पदाकारीज्यूहरु, विद्याथीहरुको उपस्थिति रहेको थियो । यस सहयोगबाट स्थानीय बालबालिकाहरु विद्यालयमा उपस्थित भई शिक्षा लिन प्रोत्साहन …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि. बीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अनुसार बैंकले, सिमेक्स इंक प्रा.लि तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने बि.वाई.डि. ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकहरूले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात नियमानुसार बैकले उचित ठहर्याएका ग्राहकलाई ३ कार्यदिन भित्र सहजरुपमा सवारी साधन कर्जा …

पुरा पढ्नुहॊस »

DTMX977 च्याम्पियनसिप सिरिज फिनाले रेसमा आइएमई पेबाट टिकट खरिद गर्न सकिने

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको DTMX977 च्याम्पियनसिप सिरिजको फाइनल रेसमा आइएमई पे एप मार्फत टिकट खरिद गर्न मिल्ने भएको छ । एलिट तथा ओपन वर्गमा हुने रेसहरूमा विजेताहरूले क्रस फायर ट्राकर २५० डर्ट मोटरसाइकल र टिमसन एमएक्स रेसिङ टायर्स् जित्नेछन् भने दुवै वर्गका शीर्ष दाबेदारहरूले एसर्बिस् रेसिङको उत्कृष्ट गियरहरू जित्नेछन् । उक्त डर्ट बाइक रेसिङ सँगसँगै यस कार्यक्रममा दीपक बज्राचार्य र रिदम ब्यान्ड, सुदेश्ना सेन, …

पुरा पढ्नुहॊस »

नेपाल लाइफ क्यापिटलको सीईओमा मनीष घिमिरे नियुक्त

काठमाडाैं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनीष घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको १०१औँ बैठकको निर्णयअनुसार घिमिरेलाई चार वर्षको लागि नियुक्त गरिएको हो । घिमिरेको इन्भेस्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली पुँजी बजारमा एक दशकभन्दा लामो अनुभव छ । नेपाल लाइफ क्यापिटलमा आबद्ध हुनुअघि उनले एनआईसी एसिया क्यापिटल, सिद्धार्थ क्यापिटल र नबिल इन्भेस्टमेन्टमा गरी १० वर्षभन्दा बढी समय कार्यसम्पादन गरेका छन् । घिमिरेले एफसीसीए साथै काठमाडौं …

पुरा पढ्नुहॊस »

लक्ष्मी सनराईज बैंकले ल्यायो ‘शिक्षित लक्ष्मी’ कार्यक्रम

काठमाडौँ । महिला सशक्तीकरणप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै लक्ष्मी सनराईज बैंकले शिक्षित लक्ष्मी पहलको थालनी गरेको छ । बैंकले सो पहलअन्तर्गत विगतका वर्षहरूमा नारी शिक्षाको उद्देश्यलाई सक्रिय रूपमा समर्थन गर्न बैंकले गरेका विभिन्न गतिविधि र कार्यक्रमहरूलाई एउटै छाताभित्र ल्याएको हो । यस पहलले नारी शिक्षालाई प्रोत्साहन गरी उनीहरूलाई राष्ट्र निर्माणमा योगदान पुर्याउन सक्षम बनाउँदै समावेशी र समतामूलक समाज निर्माण गर्ने उद्देश्य राखेको छ । यस पहल अन्तर्गत आगामी ७ वर्षमा कूल …

पुरा पढ्नुहॊस »

सेयर बजारमा सामान्य वृद्धि, ४ अर्बको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक शून्य दशमलव ७९ अङ्कले उकालो लागेर दुई हजार १८ दशमलव ७६ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्यदशमलव २७ अङ्कले उकालो लागेर तीन सय ५८ दशमलव ३७ मा पुगेको छ । कूल ८२ लाख ८२ हजार पाँच सय ५६ कित्ता शेयर रु चार …

पुरा पढ्नुहॊस »