मुक्तिनाथ बैंकद्वारा विद्यार्थीहरूलाई स्कुल पोसाक वितरण

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले शिक्षा तथा बालबालिकाहरूको हित सम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगत कामहरू गर्दै आएको छ ।

सोही क्रममा बैंकले नवलपुरको वुलिङटार स्थित श्री रम्भादेवी आधारभूत विद्यालयमा नर्सरी देखि कक्षा ०५ सम्मका ७६ जना विद्यार्थीहरूलाई स्कुल पोसाक (School Uniform) वितरण गरेको छ ।

उक्त हस्तान्तरण कार्यक्रममा बैंकका कर्मचारीहरू, विद्यालयका शिक्षक तथा पदाकारीज्यूहरु, विद्याथीहरुको उपस्थिति रहेको थियो । यस सहयोगबाट स्थानीय बालबालिकाहरु विद्यालयमा उपस्थित भई शिक्षा लिन प्रोत्साहन दिने विश्वास लिएको बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त भएका छन् । …

प्रतिकृया दिनुहॊस