प्रतिभा नक्षत्र-२०२४ का लागि आवेदन खुल्ला

काठमाडौं । बेलायतमा रहेका नेपाली बालबालिकाहरुका लागि प्रतिभा प्रस्फुटन तथा नेपाली संस्कृतिको संरक्षण र प्रर्वद्धन गर्ने कार्यक्रम “प्रतिभा नक्षत्र २०२४”कोे लािग आवेदन खुल्ला गरिएको छ । प्रतिभा नक्षत्र कार्यक्रममा विश्वका जुनसुकै देशबाट पनि नेपाली बालबालिकाहरुले सहभागिता जनाउन सक्ने व्यवस्था छ ।

नेपाली कला, संस्कृति र विविधताको मौलिक पहिचान र प्रतिभा प्रस्तुती रहने कार्यक्रम प्रतिभा नक्षत्र यही अगस्ट २६ अर्थात भदौ १० गते लन्डन प्लमस्टिडस्थित एशियन कम्यूनिटी हलमा आयोजना हुनेछ । उक्त कार्यक्रममा सहभागि हुन इच्छुक प्रतियोगीले अनलाइनमार्फत पनि आवेदन दिन सक्ने आयोजक संस्था प्रतिभा नक्षत्रले जनाएको छ ।

प्रतिभा नक्षत्रका परिकल्पनाकार राजेन्द्र खसकाअनुसार प्रतिभा नक्षत्र कार्यक्रम बेलायतमा बसोबास गर्दे आएका नेपाली बालबालिकाहरुको लागि मात्र नभएर विश्वभरि रहेका नेपाली भाषा, कला र संस्कृतिलाई माया गर्ने बालबालिकाहरुलाई नेपाली भाषा, कला र संस्कृतिको जानकारी दिने तथा बालबालिकाहरुको प्रतिभा प्रर्दशन गर्ने उद्येश्यले आयोजना गर्न लागिएको होे ।

जँहा बालबालिकाहरुले नेपाली भाषा, संस्कृति, सस्कार र मौलिकताप्रति आप्नोपनको अनुभव गर्न सकुन । आपसी सदभाव, समन्वय साथै नेपाली भाषा र संस्कृतिको जर्गेनासँगै विश्वमाझ नेपाली मौलिकताको पहिचान प्रर्वद्धन पनि कार्यक्रमको मुख्य उद्येश्य रहनेछ ।

नेपाली गीत, संगीत, नृत्य, कला, साहित्य, चित्रकलगायतका जुनसुकै विधामा पनि बालबालिकाले प्रतिभा देखाउन सक्नेछन् । कार्यक्रम बालबालिकाको लागि मात्र नभएर अभिभावक र युवाहरुलाई पनि नेपाली भाषा, कला र संस्कृतिसँग परिचित गराउने खालका विभिन्न प्रस्तुतीहरु पनि राखिनेछन् ।

त्यसैगरी, विभिन्न नेपाली संस्कृति झल्काउने खालका खानाहरु, नेपाली खेलहरु, नेपाली घरहरु, थारु संस्कृति झल्काउने घर, मादल, डोको, डालो, ढीकि, जाँतो, नेवारी परिकार, खस, गुरुङ,मगर समुदायको मौलिकता झल्काउने स्टलहरु, लाखे नाच, कुमारी नाच, पञ्चेबाजालगातयतका नेपाली मौलिकता झल्काउने सास्ंकृतिक प्रस्तुतीहरुसँगै कला, साहित्य पनि कार्यक्रमका प्रमुख आकर्षण रहनेछन् ।

नेपाली मूलका बालबालिकाको सहभागिता रहने प्रतिभा नक्षत्र कार्यक्रममा बाल तथा युवागरी दुई छुट्टाछुट्टै समूहमा प्रतिस्पर्धा हुनेछ । युथ नक्षत्रमा पहिलो, दोस्रो र तेस्रो हु्नेलाई क्रमशः छ सय पाउण्ड, पाँच सय पाउण्ड र चार सय पाउण्ड तथा यसैगरी बाल नक्षत्रमा पहिलो,दोस्रो र तेस्रो हुनेले पनि क्रमशः चार सय, तीन सय र दुई सय पाउण्ड पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

बालसमूह अन्र्तगत ६ वर्षदेखी ११ वर्षसम्मका बालबालिका र युथअन्र्तगत ११ देखी १९ वर्षका यूवाले जुनसुकै देशबाट पनि भाग लिन सक्नेछन । पाँच वर्षदेखी नियमित हुदै आएको प्रतिभा नक्षत्र कार्यक्रममा यस वर्ष भने अष्टिया, पोर्चुगल, बेल्जियम, जापान, अमेरिकालगायतबाट अनलाइनमार्फत बालबालिकाहरुले सहभागिता जनाइरहेका छन् । कार्यक्रममा सहभागी हुन चाहने नेपाली समुदायका बालबालिकाले प्रतिभा नक्षत्रको वेभ साइट तथा फेसबुक पेजमा गएर आवेदन दिन सक्नुहुनेछ ।

यस वर्षको प्रतिभा नक्षत्र कार्यक्रममा आइएनएएस यूके, बुद्ध फाृन्डेसन यूके, जामघाट परिवार, एनआरएनए यूकेलगायतका संस्थाहरुको पनि सहभागिता रहनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आश्मा केसी बनिन् मिस नेपाल-२०२४

काठमाडौं । सन् २०२४ को मिस नेपाल आश्माकुमारी केसीले जितेकी छन्। शनिबार काठमाडौंमा सम्पन्न प्रतियोगितामा …

प्रतिकृया दिनुहॊस