केयू स्कुल अफ म्यानेजमेन्ट र एसीडीएनबीच तालिम र परामर्श सेवाको साझेदारी

काठमाडौं । काठमाण्डु युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) र एसीडीएनबीच नेपालमा विज्ञता विकाश, अनुसन्धान तथा परामर्श क्षेत्रमा सहकार्य गर्ने साझेदारी भएको छ।

साझेदारीअन्तर्गत दुई संस्था बीचमा नेपालका बैंक तथा वित्तिय संस्था लगायत अन्य क्षेत्रहरुमा उच्च प्रभाव पार्ने तालिम तथा सर्टिफिकेसन कार्यक्रमहरु सञ्चालन गर्नुका साथै विभिन्न अनुसन्धान तथा परामर्श सेवाहरु संयुक्त रुपमा प्रदान गर्ने सहमति भएको हो।

यसै सन्दर्भमा कुसोमका डिन प्राडा विजय केसीले एसीडीएनसँग भएको साझेदारी कुसोमको व्यवस्थापन शिक्षा तथा विज्ञता विकास गर्ने ध्येयअन्तर्गत नै भएको बताए। यसले नेपालको व्यावसायिक क्षेत्रमा नवीनता तथा वृद्धि हासिल गर्न सम्बन्धित क्षेत्रका विज्ञहरुलाई व्यवहारिक कौशलता प्रदान गर्ने उनको भनाइ छ।

एसीडीएनले कुसोमको शैक्षिक स्रोत तथा व्यावसायिक सम्बन्धहरुको विज्ञताको उच्चतम प्रयोग गरी डिजाइन गरिएका विभिन्न तालिम तथा सर्टिफिकेसन कार्यक्रमहरु प्रस्ताव गर्नुका साथै विभिन्न अनुसन्धान तथा परामर्श सेवाहरु प्रदान गर्नेछ। एसीडीएनकी प्रमुख कार्यकारी अधिकृति स्तुति रेग्मीले साझेदारी भएकामा हर्षित भएको बताइन्।

यसले नेपालका विभिन्न क्षेत्रहरुको संगठनात्मक उत्कृष्टता तथा दिगो विकासको लागि प्रभावकारी सेवाहरु प्रदान गर्न सहकार्य गर्ने उनको भनाइ छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल एसबिआई बैंकको शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक सहयोगका साथै दुई शाखा कार्यालय स्थानान्तरण …

प्रतिकृया दिनुहॊस