माइलेज च्यालेन्ज क्याम्पबाट सुपर स्प्लेंडरको अपराजेय माइलेज

काठमाडौँ । नेपालमा हिरो मोटरसाइकल र स्कुटरको एकमात्र वितरक सी.जी. मोटर्सले दुई पाङ्ग्रे सवारी उद्योगका लागि इन्धन दक्षता र कार्यसम्पादनमा नयाँ बेन्चमार्क स्थापित गर्दै सुपर स्प्लेंडरको माइलेज च्यालेन्ज क्याम्प सम्पन्न गरेको छ । असार महिनामा सी.जी. मोटर्सले उक्त क्याम्प सम्पन्न गरेको हो ।

सुपर स्प्लेंडरको विरासत यसको प्रदर्शनको सन्दर्भमा, माइलेजले नेपाली बजारमा वर्षौँ देखि प्रभुत्व जमाउँदै आएको देखिन्छ । कम्पनीले विरासतलाई निरन्तरता दिन र आफ्ना ग्राहकहरूमाझ उत्साह ल्याउन विभिन्न डिलरशिपहरूमा माइलेज च्यालेन्ज क्याम्प सञ्चालन गरिएको र जहाँ सुपर स्प्लेंडर १२५ ले ग्राहकहरूको अपेक्षालाई पार गरेको जानकारी दिएको छ । लगभग ९०ं + KMPL माइलेज विजेताहरूले हासिल गरेका कम्पनीले जनाएको छ ।

हिरो मोटो कर्पका अध्यक्ष डा. बृजमोहन लाल मुञ्जालको १०० औँ जन्म जयन्ती समारोहलाई सम्मान गर्दै यो माइलेज च्यालेन्जीहरू सञ्चालन गरिएका बताए । उनले विजेताहरूले उत्कृष्ट माइलेज मेट्रिक्स हासिल गरेको बताए ।

सी जी हिरो नेपालगन्जबाट विजेता : जगदीश चौधरी ९७.५४ किलोमिटर
सी जी हिरो कावासोतीबाट विजेता : टिकाराम कँडेलले ९०.२७ किलोमिटर प्रतिलिटर
सी जी हिरो विराटनगरबाट विजेता : उपेन्द्र मुखियो ८८.७८ किलोमिटर प्रतिलिटर
सी जी हिरो बुटवलबाट विजेता : कमल पन्थीे ९०.३२ किलोमिटर प्रतिलिटर

असार २०८१ मा आयोजित यस माइलेज च्यालेन्जमा सुपर स्प्लेंडरका लोयल ग्राहकहरूले वास्तविक संसारमा आफ्ना सवारी साधनहरूको इन्धन दक्षता परीक्षण गर्न सहभागी भएका बताए । सहभागीहरूले उनीहरूको सुपर स्प्लेन्डर १२५ ले हासिल गरेको प्रभावशाली माइलेजको तथ्याङ्कलाई प्रमाणित गर्नको लागि सुरु र अन्त्य बिन्दुहरू, इन्धन खपत र यात्रा गरेको दूरीलगायत आफ्नो यात्राहरू ट्र्याक गर्न आवश्यक रहेको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड बनाएको छ । तोलामै मूल्य करिब …

प्रतिकृया दिनुहॊस