धितोपत्र बोर्ड सदस्यमा महानिर्देशक अवस्थी सिफारिस

काठमाडौं । नेपाल धितोपत्र बोर्डको सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का महानिर्देशक गोकर्ण अवस्थी सिफारिस भएका छन् । अवस्थी नेपाल आर्थिक पत्रकार समाजका पूर्वअध्यक्ष हुन् ।

एफएनसीसीआईका उपाध्यक्ष सुरकृष्ण वैद्य बोर्डमा हाल निजी क्षेत्रको प्रतिनिधिका रूपमा छन् । तर, व्यवसायी बोर्डको सदस्य हुँदा स्वार्थ बाझिने भन्दै विरोध भइरहेको छ । त्यसैलाई साम्य पार्न एफएनसीसीआईले महानिर्देशक अवस्थीलाई बोर्ड सदस्यमा पठाउने निर्णय गरेको हो ।

अर्थ मन्त्रालयले धितोपत्र ऐन संशोधन गर्न प्रतिनिधिसभामा विधेयक दर्ता गराएको छ । उक्त विधेयकमा पनि निजी क्षेत्रको छाता संगठन एफएनसीसीआई र नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (आईक्यान)का प्रतिनिधि हटाउन प्रस्ताव गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds