काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले उप प्रमुख कार्यकारी अधिकृतद्वयमा दिनेश अमात्य र खिलेन्द्र पौडेललाई नियुक्त गरेको छ । अमात्यले साउन १ गतेदेखि र खिलेन्द्र पौडेलेले भदौ ५ गतेदेखि उप प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन् ।
पौडेल आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदबाट बिदा भई आइएमई लाइफ इन्स्योरेन्समा प्रवेश गरेका हुन् । कम्पनीको उप प्रमुख कार्यकरी अधिकृतमा नियुक्त हुनुअघि अमात्य भने सोही कम्पनीको नायव महाप्रबन्धक पदमा कार्यरत थिए ।
जीवन बीमा व्यवसायबाट नै बीमा क्षेत्रमा प्रवेश गरेका अमात्यले तत्कालीन सूर्य लाइफ इन्स्योरेन्समा पनि स्थापना वर्ष २०६५ साल देखि २०७४ सम्म काम गरेका थिए । उनी सहायक महाप्रबन्धक पदबाट सूर्य लाइफबाट बिदा भएर आइएमई लाइफ इन्स्योरेन्समा सहायक महाप्रबन्धक पदमा प्रवेश गरेका थिए ।
अमात्य कम्पनीको स्थापना वर्ष २०७४ देखि नै कम्पनीको प्रमुख सञ्चालन अधिकृतका रूपमा कार्यरत छन् । उप प्रमुख कार्यकारी अधिकृत अमात्यसँग कार्यालय प्रशासनको साथै बीमालेख विकास, जोखिमांकन, पुनर्बीमा, बीमांकी मूल्यांकन, दाबी व्यवस्थापन, बीमालेख सेवामा तीन दशकभन्दा लामो अनुभव छ। उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका छन् ।
प्रतिकृया दिनुहॊस