एभरेष्ट बैंकको नयाँबानेश्वर शाखाको सम्पूर्ण कारोबार अब आफ्नै भवनबाट

काठमाडौं । एभरेष्ट बैंकले काठमाडौंको नयाँबानेश्वस्थित साविकको स्थानबाट करिब १५० मिटर पश्चिम आफ्नै नव निर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग तथा सेवाहरु सुचारु गरेको छ ।

नवनिर्मित भवनबाट सेवा सुचारु गर्दै कम्पनीका अध्यक्ष डा बाल गोपाल वैद्यले बैंक विश्वासको सहयात्री भएको उल्लेख गर्दै ग्राहकलाई सरल, उत्कष्ृट, अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने योजना रहेको बताए ।

साथै सोही अवसरमा कम्पनीले एकै स्थानबाट सम्पूर्ण डिजिटल प्रविधि चलाउन मिल्ने ‘डिजिटल संसार’ को सुभारम्भ गरेको छ ।उक्त डिजिटल संसारमा, बैंकिङ्ग क्षेत्रको हाल सम्मकै अत्याधुनिक प्रणाली जडित उपकरण मार्फत् ग्राहकवर्गलाई डिजिटल सेवा दिने व्यवस्था गरेको र उक्त स्थानको शुरुवातसँगै ग्राहकहरुले एकै स्थानबाट खाता खोल्ने, नगद कारोबार गर्ने, चेक डिपोजिट गर्ने साथ साथै सेवा सम्बन्धी गुनासो सम्म डिजिटल प्रविधि प्रयोग गरी गर्न सक्ने व्यवस्था छ ।

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको उक्त कम्पनीमा १४ लाखभन्दा बढी ग्राहकहरु छन् । कम्पनीले देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६६ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ ।

साथै कम्पनीले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिंदै आइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंक र दराजबीच भुक्तानी सेवा सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेड र अनलाइन ई–कमर्स प्लेटफर्म दराज केयमुबिच बैंकमा निक्षेप खाता रहेका …

प्रतिकृया दिनुहॊस