काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । सोमाबार अमेरिकी डलर स्थिर रहेको छ । युरो घट्दा बेलायती पाउण्डको विनिमयदर बढेको छ । कतारी रियालको खरिद दर स्थिर रहँदा बिक्री दर बढेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा पुगेको छ । युरो एकको खरिद दर १४६ रुपैयाँ ३२ पैसा र बिक्री दर १४६ रुपैयाँ ९८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ०८ पैसा र बिक्री दर १७१ रुपैयाँ ८४ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
आजको विदेशी मुद्राको विनिमय दर कति ?
प्रतिकृया दिनुहॊस