भारतीय च्यानल बन्द भएपछि केबल टेलिभिजन व्यवसायीले विभागमा हाले उजुरी

काठमाडौं । नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले सूचना तथा प्रसारण विभागमा भारतीय सशुल्क च्यानल नेपालमा बन्द भएको भन्दै उजुरी दर्ता गरेको छ।

महासंघले सञ्चारग्राम तिलगंगा पुगेर हालेको उजुरी विभागले दर्ता गरेको हो। १०५ नम्बरमा उजुरी दर्ता भएको छ। यही उजुरी सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा पनि महासंघले पठाएको छ।

विगत २८ वर्षदेखि निरन्तर रुपमा नेपाली केबल तथा डीटीएच प्रसारकहरुले प्रसारण गर्दै आइरहेका भारतीय सशुल्क च्यानलहरुको प्रसारण सेवा उपलब्ध गराउँदै आएका विदेशी सेवा प्रदायकले गत जुलाई ३१ देखि सबै विदेशी सशुल्क च्यानलहरु (स्टार, सोनी, जी, कलर्स, डिस्कभरी लगायत) एकतर्फी रुपमा नेपाली टेलिभिजन सेवा प्रदायकहरुको नेटवर्कमा मात्र पूर्णरुपमा बन्द गरेको महासंघले जनाएको छ।

अहिले पनि नेपालमा निर्बाध रुपमा भारतीय डीटीएच सेवा प्रदायकमार्फत तथा गैरकानुनी ओटीटी प्लेटफर्मममा नेपालमा प्रसारण भइरहेको र सञ्चार मन्त्रालय र प्रसारण विभागले स्टार, सोनी, जी, कलर्स, डिस्कभरीलगायत विदेशी टेलिभिजन च्यानलहरु भारतीय डीटीएचमार्फत नेपालमा हेर्न नमिल्ने गरी जियो–लक नगराएकोमा महासंघले प्रश्न उठाएको छ।

अग्रिम शुल्क बुझाइरहँदा समेत एक्कासि उपभोक्ताको हक हितविपरीत हुने गरी विदेशी सशुल्क च्यानल बन्द भएकोमा पनि महासंघले ध्यानाकर्षण गराएको छ। नेपालको संविधानको धारा ४४ को व्यवस्था नै हनन हुने गरी भएको अवरोधलाई नियामक निकायले टुलुटुलु हेरेर मात्र बसेको भन्दै महासंघले उजुरीमा उल्लेख गरेको छ।

महासंघले नेपालमा लागू भएको अलाकार्ट मूल्य प्रणाली असफल बनाउने कुनियत भनेको छ। त्यसैगरी भारतीय सशुल्क च्यानलहरु पूर्णरुपमा बन्द गरेको र त्यसपछि भारतीय सशुल्क च्यानलहरु नेपालमा पाइरेसी भएको भनी नेपालको परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय राजदूतावासमा इमेल र पत्राचार भएको भन्दै महासंघले यसलाई गैरकानुनी कार्य भएको उल्लेख गरेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

देशमा ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा, प्रतिकिलो १० रुपैयाँसम्म छुट

काठमाडौं । चाडपर्व लक्षित सुपथ मूल्य पसल बिहीबारदेखि सञ्चालनमा आएको छ । प्रमुख चाड दशैंतिहार …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds