प्राइम कमर्सियल बैंकको सीईओमा सञ्जीव मानन्धर नियुक्त

काठमाडौं । प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सञ्जीव मानन्धर नियुक्त भएका छन् । आज सम्पन्न सञ्चालक समितिको बैठकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम मानन्धरलाई नियुक्त गरेको हो ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत मानन्धरले आजै सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मानन्धर बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत पदमा थिए । मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्ष भन्दा लामो अनुभव छ । उनले नेपाल इन्भेस्टमेन्ट बैंकबाट बैंकिङ अरिअर सुरु गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिया प्यासिफिक डिजिटल ट्यालेन्ट समिटमा नेपाली विद्यार्थीले जिते पिपल्स च्वाइस अवार्ड

काठमाडौं । नेपाली विद्यार्थीहरुले आविष्कार गरेको एआई प्रोजेक्टले चीनको नानिङ र सेन्जेनमा भएको एसिया प्यासिफिक …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds