Tag Archives: featured

हाइलाइफका नेपाली उत्पादन अष्ट्रेलियामा निर्यात, आधिकारिक बिक्रेताको रुपमा निलगिरी ग्रुप नियुक्त

काठमाडौं । हाइलाइफ ब्राण्डका नेपाली उत्पादन अष्ट्रेलियामा बिक्री वितरण हुने भएको छ । हाइलाइफ एग्रो एण्ड फुड इन्डष्ट्रिज लिमिटेडले अष्ट्रेलियाको लागि आफ्नो आधिकारिक बिक्रेतामा निलगिरी ग्रुपलाई नियुक्त गरेको छ । निलगिरी ग्रुपका हेड अफ सेल्स एण्ड इन्टरनेशनल सोर्सिङ सचिन पोखरेलको उपस्थितिमा सम्झौता गरिएको हो । निलगिरी आधिकारिक बिक्रेता नियुक्त भएसँगै हाइलाइफका नेपाली उत्पादन अष्ट्रेलियामा निर्यात सुरु भएको छ । हाइलाइफका उत्पादनहरू नेपालमा लोकप्रिय छन् । अब अष्ट्रेलियामा पनि हाइलाइफका उत्पादन …

पुरा पढ्नुहॊस »

हिमालय बैंकद्वारा २१ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकुमका भूकम्प पीडितहरूका लागि २१ लाख रुपैयाँ बराबरको राहत सामाग्रीको खरिद गरी सहयोग प्रदान गरेको छ । गत शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरको भूकम्पले जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकुमलाई निकै ठुलो क्षति पुर्‍याएको छ । यस विपद्को समयमा त्यस क्षेत्रका बासिन्दाहरूलाई केही सहयोग वा राहत होस् भन्ने मनसायले बैंकले …

पुरा पढ्नुहॊस »

क्यान र मेरिना इम्पेक्सबीच सम्झौता, खेलाडीले मेरिनाको सुट पाउने

काठमाडौं । मेरिना इम्पेक्सले नेपालका क्रिकेट खेलाडीलाई प्रोत्साहन गर्न साथ दिने भएको छ । मेरिनाले विश्व कप क्रिकेटमा सहभागी खेलाडी तथा नेपाल क्रिकेट संघका पदाधिकारी गरी ४० जनाका लागि सुट प्रदान गर्ने भएको हो । मेरिनाका सञ्चालक अर्जुन बस्नेतले सामाजिक उत्तरदायीत्व अन्तर्गत खेलाडीलाई हौसला मिलोस् भन्ने उद्धेश्यले सहकार्यको हात अगाडी बढाएको बताए । त्यसका लागि बिहीबार क्यान र इम्पेक्सबिच सम्झौता भएको छ । सम्झौता अनुसार इम्पेक्सले खेलाडी र सदस्यलाई ४० …

पुरा पढ्नुहॊस »

महसुल नतिर्नेको काटियो विद्युत् लाइन काटियो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र चितवनले एक हजार ७९ सेवाग्राहीको विद्युत् लाइन काटेको छ । कात्तिक १२ गतेदेखि कात्तिक २२ गतेसम्म दश दिनमा विद्युत् महसुस बक्यौता रहेका सेवाग्राहीको लाइन काटिएको हो । लाइन काटिएका सेवाग्राहीमध्ये सात सय ६० जनाबाट बक्यौता रकम असुली गरिएको कार्यालयका प्रमुख रामु श्रेष्ठले बताए । उनीहरुबाट रु एक करोड ३७ लाख बक्यौता रकम असुली गरिएको छ । उनले भने, ‘प्राधिकरणले ६० दिन कटेका …

पुरा पढ्नुहॊस »

विश्व प्रसिद्ध किचन अप्लायन्सेस ब्राण्ड ‘काफ’का किचन सामग्री नेपाली बजारमा

काठमाडौं । विश्व प्रसिद्ध किचन अप्लायन्सेस ब्राण्ड ‘काफ’ले नेपालमा बिक्री वितरण सुरु भएको छ । काफका उत्पादनको लागि नेपालको आधिकारिक वितरक किचन क्राफ्ट क्रियसन्स प्रा.लिले बुधबारदेखि काफको औपचारिक बिक्री शुरूआत गरेको हो ।

पुरा पढ्नुहॊस »

सानिमा बैंकको दराजसँग ‘दराज ११.११’ योजनाका लागि सहकार्य

काठमाडौँ । सानिमा बैंकले ग्राहकहरूका लागि दराजसँग ‘दराज ११.११’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरूले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रु २ हजार सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रु २ हजार ५ सयसम्मको छुट प्राप्त गर्न …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकले भूकम्प पीडितलाई गर्‍यो २५ लाख सहयोग

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पबाट प्रभावितहरूको लागि २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरेको छ । उक्त रकमबाट भूकम्प प्रभावितहरूको राहत र उद्धारमा थोरै भएपनि सहयोग पुग्ने र आगामी दिनमा समेत यस्ता सहयोग जारी रहने बैंकले जनाएको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकद्वारा भूकम्प पीडितलाई १० लाख सहयोग

काठमाडौँ । महालक्ष्मी विकास बैंकले जाजरकोट, रुकुम पश्चिम र वरपरका जिल्लाका भूकम्प पीडितहरूको सहायताका लागि दश लाखको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा रु। १० लाख सहयोग रकम प्रदान गरेको हो । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठुलो जनधनको क्षति भएको छ । महालक्ष्मी विकास बैंकका सञ्चालक समितिका राजेश उपाध्याय र …

पुरा पढ्नुहॊस »

भूकम्पपीडितका लागि प्राधिकरणद्वारा एक करोड प्रदान

काठमाडौँ । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरुको उद्धार एवम् राहतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले घोषणा गरेबमोजिमको एक करोडको चेक आज हस्तान्तरण गरेको छ । प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीलगायत कर्मचारी बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आज बिहान उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तरण गरेको जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले दिए । जाजरकोट केन्द्रविन्दु …

पुरा पढ्नुहॊस »

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा भूकम्प प्रभावित क्षेत्रका लागि ५० लाख सहयोग

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले शुक्रबार राति जाजरकोट जिल्ला केन्द्रबिन्दु भई गएको भूकम्प प्रभावित क्षेत्रमा पचास लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बुधबार बसेको बैंकको संचालक समितिको बैठकले जाजरकोट भूकम्पबाट प्रभावितहरुको राहतका लागि सामाजिक उत्तरदायित्व अन्तर्गतमा रहेर रु. ५० लाख सहयोग गर्ने निर्णय गरेको हो । यो रकम बैंकले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्घार कोषमा जम्मा गर्ने जनाएको छ ।

पुरा पढ्नुहॊस »