हाइलाइफका नेपाली उत्पादन अष्ट्रेलियामा निर्यात, आधिकारिक बिक्रेताको रुपमा निलगिरी ग्रुप नियुक्त

काठमाडौं । हाइलाइफ ब्राण्डका नेपाली उत्पादन अष्ट्रेलियामा बिक्री वितरण हुने भएको छ । हाइलाइफ एग्रो एण्ड फुड इन्डष्ट्रिज लिमिटेडले अष्ट्रेलियाको लागि आफ्नो आधिकारिक बिक्रेतामा निलगिरी ग्रुपलाई नियुक्त गरेको छ ।

निलगिरी ग्रुपका हेड अफ सेल्स एण्ड इन्टरनेशनल सोर्सिङ सचिन पोखरेलको उपस्थितिमा सम्झौता गरिएको हो । निलगिरी आधिकारिक बिक्रेता नियुक्त भएसँगै हाइलाइफका नेपाली उत्पादन अष्ट्रेलियामा निर्यात सुरु भएको छ ।
हाइलाइफका उत्पादनहरू नेपालमा लोकप्रिय छन् । अब अष्ट्रेलियामा पनि हाइलाइफका उत्पादन धेरैको रोजाइमा पर्ने विश्वास लिएको कम्पनीले जनाएको छ ।

‘अष्ट्रेलियामा धेरै नेपालीहरू बसोबास गर्ने भएकाले नेपाली उत्पादनले अझ बढी माया पाउनेमा हामी विश्वस्त छौं,’ निलगिरी ग्रुपका लागि नेपालका कन्ट्री म्यानेजर अञ्जु बरालले जानकारी भनिन्‌ ।

हाइलाइफ नेपाली बजारमा एफएमसिजी उत्पादन बिक्री वितरण गर्दै आइरहेको ब्राण्ड हो । हाइलाइफका सबै उत्पादनहरू स्वस्थकर रहेको कम्पनीले जनाएको छ । हाइलाइफले नेपाली बजारमा एफएमसिजी ब्राण्डमा आक्रामक रुपमा बजार विस्तार गरिरहेको छ । देशव्यापी नेटवर्कमार्फत हाइलाइफका उत्पादन बिक्री हुँदै आइरहेको छ ।

हाइलाइफ ब्राण्डका चिउरा, कर्नफ्लेक्स, ओट्स, चिया सिड्स, सोयाविन, ग्रीन टि लगायतका उत्पादन बजारमा लोकप्रिय छन् । कम्पनीले चिजबल लगायतका स्न्याक्सहरू पनि बजारमा उपलब्ध गराइसकेको छ । स्न्याक्सका उत्पादनमा पनि बजारबाट राम्रो प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ ।

निलगिरीले पहिलो चरणमा अष्ट्रेलियाका लागि हाइलाइफका उत्पादन निर्यात गरिसकेको छ । आगामी दिनमा त्यहाँको आवश्यकता अनुसार निर्यात गर्ने बरालले जानकारी दिइन् । ‘नेपाली ब्राण्ड निर्यात हुँदा देशको व्यापार घाटा घटाउन योगदान पुग्छ र नेपाली उत्पादन विदेशमा पुग्नेछ,’ उनले भनिन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘इन्टर कलेज फुट्सल च्याम्पियनसिप’को प्रत्यक्ष प्रसारण एक्सन स्पोटर्सबाट हुने

काठमाडौं । अखिल नेपाल फुटवल संघको आयोजनामा हुन लागेको ‘इन्टर कलेज फुट्सल च्याम्पियनसिप’को प्रत्यक्ष प्रसारण …

प्रतिकृया दिनुहॊस