Tag Archives: featured

आजदेखि हल-हलमा फिल्म ‘दिमाग खराब’

काठमाडौं । तिहारको छेको पारेर फिल्म ‘दिमाग खराब’ देशव्यापी प्रदर्शनमा आएको छ । बिहीबार साँझ ललितपुरमा प्रिमियर शो गरिएको फिल्म आजदेखि देशभरका हलहरुमा लागेको हो । प्रिमियर शोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसम्मले यो फिल्म हेरेका थिए । ‘लुट’ फिल्मका निर्देशक बस्नेतले झण्डै सात वर्षपछि निर्देशन गरेको यो फिल्ममा नेपालको समसामयिक राजनीतिलाई मुख्य विषयवस्तु बनाइएको छ । खासगरि स्थानिय निकायमा सेवाग्राहीले झेल्नु …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकबाट तिहारमा डिजिटल कारोबार गर्दा क्यासब्याक पक्का

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूले यस वर्षको तिहारमा विभिन्न डिजिटल कारोबार मार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने पक्का भएको छ । बैंकका डेबिट वा क्रेडिट कार्ड बाहक ग्राहकहरूले नेपालभरका पस (पीओएस) मेसिनमा १ हजार वा सो भन्दा बढीको कम्तीमा ३ वटा कारोबारमा ३०० अथवा  ५ वटा कारोबारमा ५०० क्यासब्याक पाउनेछन् । पस (पीओएस) मेसिनमार्फतको कारोबारमा क्यासब्याक पाउने समयावधि २०८० कार्तिक २५ गते कागतिहार देखि कार्तिक २९ भाइटीकासम्म रहेको …

पुरा पढ्नुहॊस »

विद्युत् प्राधिकरणमा झण्डै ४ सय जनालाई जागिरको अवसर (सूचनासहित)

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सहनिर्देशकदेखि प्राविधिकसम्म झन्डै ४ सय कर्मचारी मागेको छ । शुक्रबार सूचना प्रकाशन गर्दै प्राधिकरणले दसौँ तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ विभिन्न पदमा आवेदन आह्वान गरेको हो । प्राधिकरणले दसौँ तह अन्तर्गत प्रशासनतर्फ एक जना सहनिर्देशक, प्राविधिकतर्फ एक जना प्रबन्धक मागेको छ । इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले मंसिर १४ गतेसम्म दरखास्त दिइसक्नुपर्नेछ । प्राधिकरणको वेभ साइटमा गएर अनलाइन दरखास्त दिन सकिनेछ । दरखास्त शुल्क …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ०१ पैसा र बिक्री दर १४२ रुपैयाँ ६६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ९८ पैसा र बिक्री दर १६३ रुपैयाँ ७२ पैसा रहेको छ । …

पुरा पढ्नुहॊस »

नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेटका के छन् फाइदा ?

काठमाडौं ।  नेपाल टेलिकमले देशका अधिकांश भू–भागमा फाइबर टु द होम (एफटीटीएच) सेवा उपलब्ध गराइरहेको छ। कम्पनीले यसलाई एनटी फाइबर ब्रान्ड नाममा बिक्री–वितरण गरिरहेको छ। अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा समेत प्रयोग गर्न सकिन्छ। नेपाल टेलिकमले उपलब्ध गराइरहेको एनटी फाइबर हाल सेवाग्राहीले निकै नै रुचाएको पाइएको कम्पनीको दाबी छ। विभिन्न फरक विशेषता र महशुल दर पनि कम भएकाले यसप्रतिको …

पुरा पढ्नुहॊस »

रोयल इन्फिल्डको भिडिओ बनाएबापत तीन टिकटकरले पाए पुरस्कार

काठमाडौं । रोयल इन्फिल्डको भिडिओ बनाउने ३ जना टिकटकरलाई कम्पनीले पुरस्कार वितरण गरेको छ। नक्साल नारायणचौरमा एक कार्यक्रम गरी रोयल इन्फिल्ड हन्टरको उत्कृष्ट टिकटक बनाउनेलाई पुरस्कार वितरण गरिएको हो। रोयल इन्फिल्डको आधिकारिक बिक्रेता अल्फाअटोमोटिभस्ले नयाँ हन्टर ३५० सार्वजनिकसँगै टिकटक च्यालेञ्ज कार्यक्रम सञ्चालन गरेको थियो। कार्यक्रममा सहभागीमध्ये पदम लामाले उत्कृष्ट टिकटक बनाएका छन्। रोयल इन्फिल्डले टिकटक इन्फुलेन्सर पदम लामालाई १ लाख पुरस्कार वितरण गरेको छ। त्यस्तै दोस्रो पुरस्कारको रुपमा स्मिता घिमिरेलाई …

पुरा पढ्नुहॊस »

‘सीजी घरमा, न्यानो मनमा’

काठमाडौं । इलेक्ट्रोनिक्स तथा घरेलु उपकरण ब्रान्ड सीजी स्मार्ट डोमेस्टिक अप्लायन्सेसले जाडो मौसमलाई लक्षित गर्दै नयाँ नयाँ जाडोका सामग्रीहरू बजारमा ल्याएको छ। ‘सीजी घरमा, न्यानो मनमा’ शीर्षकको स्मार्ट घरेलु उत्पादनहरू इलेक्ट्रिक ओभन, कार्बन हिटर, हलोजन हीटर, पीटीसी फ्यान हिटर, ओएफआर हीटर, वाटर डिस्पेन्सर, इलेक्ट्रिक गीजर, ग्यास गीजर, हट पट्स, इलेक्ट्रिक केटल, भ्याकुम फ्लास्क, पानीको बोतल र इन्सुलेटेड बोतल आदी नेपाल अधिराज्यभरी उपलब्ध गराएको छ। जाडोमा चिसो पानीले नुहाउने समस्याबाट मुक्त …

पुरा पढ्नुहॊस »

होटल क्राउन हिमालयजमा एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र होटल क्राउन हिमालयजबीच छुट सम्झौता भएको छ। पोखराको लेकसाइडमा रहेको होटल क्राउन हिमालयजमा बुधबार एक कार्यक्रमबीच छुट सम्झौतामा हस्ताक्षर भएको हो। बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र होटलका सञ्चालक आग्रह अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतासँगै अब एभरेष्ट बैंकका ग्राहक तथा कर्मचारीले होटल क्राउन हिमालयजको सेवामा १० प्रतिशत छुट पाउनेछन्। रुम, रेष्टुरेन्ट र स्पाको सेवामा प्राप्त हुने छुटले बैंकका ग्राहक तथा …

पुरा पढ्नुहॊस »

एफवान सफ्ट ग्रुपबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग

काठमाडौँ । एफवान सफ्ट ग्रुपले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प पीडितको सहयोगार्थ आर्थिक सहयोग गरेको छ । ग्रुपले प्रधानमन्त्री दैवी उद्धार कोषमा बिहीबार रु ३० लाख जम्मा गरेको हो । कोषमा एफवान सफ्ट ग्रुप अन्तरगतका एफवान सफ्ट इन्टरनेशनल, इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर तथा एफवान सफ्ट ग्रुपमा कार्यरत कर्मचारीले आर्थिक सहयोग गरेका हुन् । केही दिनअघि गएको भूकम्पमा परि जाजरकोट र रुकुम पश्चिम ठुलो जनधनको क्षति भएको छ ।

पुरा पढ्नुहॊस »

उद्योग वाणिज्य महासंघले गर्‍यो ग्रिन ग्रोथ एड्भाइजरी सेवाको स्थापना

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा ग्रिन ग्रोथ एड्भाइजरी सेवा स्थापना गरेको छ । महासंघले जलवायु परिर्वतनले परेको असरलाई न्यूनीकरण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को सहयोगमा ग्रिन ग्रोथ एड्भाइजरी सेवाको शुरुवात गरेको हो । जलवायु परिर्वतन ल्याउनका नेपालले भूमिका नभएपनि जलवायु परिवर्तनको विनाश भने भोग्नुपरेको महासंघको भनाई छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एड्भाइजरी सेवा उद्घाटन कार्यक्रममा बोल्दै पछिल्लो समय जलवायु परिवर्तन विश्वले …

पुरा पढ्नुहॊस »