काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा ग्रिन ग्रोथ एड्भाइजरी सेवा स्थापना गरेको छ । महासंघले जलवायु परिर्वतनले परेको असरलाई न्यूनीकरण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को सहयोगमा ग्रिन ग्रोथ एड्भाइजरी सेवाको शुरुवात गरेको हो ।
जलवायु परिर्वतन ल्याउनका नेपालले भूमिका नभएपनि जलवायु परिवर्तनको विनाश भने भोग्नुपरेको महासंघको भनाई छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एड्भाइजरी सेवा उद्घाटन कार्यक्रममा बोल्दै पछिल्लो समय जलवायु परिवर्तन विश्वले चासोका साथ लिएको बताए । उनले नेपालको परिवेशमा जलवायु परिवर्तनले पारेको असरको विषय धेरै महत्त्वपूर्ण रहेको बताए ।
अध्यक्ष ढकालले निजी क्षेत्रले विगतमा आर्थिक विषयमा मात्रै गरे पनि अब आर्थिक आम्दानीमा मात्रै सीमित नभएर वातावरणीय प्रभावलाई पनि प्राथमिकताका साथसँगै लैजान आवश्यक भएको बताए ।
राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले निजी क्षेत्रको दिगो विकासका लक्ष्यहरु कार्यान्वयन गर्ने कुरामा महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा गरेको खर्चको हिसाब राखेपनि निजी क्षेत्र यो क्षेत्रमा गरेको योगदानको रेकर्ड सरकारसँग नभएको बताए ।
सभापति पन्तले सरकारले निजी क्षेत्रबाट अपेक्षा गर्ने तर भूमिका नदिने काम गरेको आरोप लगाए । उनले जलवायु परिवर्तन र दिगो विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्रले गरेको कामको सरकारले ओनरशिप लिन आवश्यक रहेको बताए ।
प्रतिकृया दिनुहॊस