ग्लोबल आइएमई बैंकबाट तिहारमा डिजिटल कारोबार गर्दा क्यासब्याक पक्का

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूले यस वर्षको तिहारमा विभिन्न डिजिटल कारोबार मार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने पक्का भएको छ ।

बैंकका डेबिट वा क्रेडिट कार्ड बाहक ग्राहकहरूले नेपालभरका पस (पीओएस) मेसिनमा १ हजार वा सो भन्दा बढीको कम्तीमा ३ वटा कारोबारमा ३०० अथवा  ५ वटा कारोबारमा ५०० क्यासब्याक पाउनेछन् । पस (पीओएस) मेसिनमार्फतको कारोबारमा क्यासब्याक पाउने समयावधि २०८० कार्तिक २५ गते कागतिहार देखि कार्तिक २९ भाइटीकासम्म रहेको बैंकले जनाएको छ ।

बैंकको मोबाइल बैंकिङ्ग ए्याप-ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता ग्राहकहरूले कार्तिक २५ गते कागतिहार देखि कार्तिक २९ भाइटीकासम्म बेलुका ५ बजे देखि ८ बजेसम्म क्यूआरमार्फत प्रोमो कोड तिहार (TIHAR)लेखी भुक्तानी गर्दा खरिदको १० प्रतिशत वा ३०० सम्म क्यासब्याक पाउनेछन् । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक क्यासब्याक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५२ शाखा, ३७५ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको टाइटल स्पोन्सर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को टाइटल स्पोन्सरको रूपमा सिद्धार्थ बैंक …

प्रतिकृया दिनुहॊस