Tag Archives: featured

सेञ्चुरी बैंकद्वारा भक्तपुरकाे बाल विनायक विद्यालयलाई कम्प्युटर हस्तान्तरण

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सूर्यविनायक न.पा – २ स्थित बाल विनायक आधारभूत विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ । कम्प्युटर बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका प्रधानाध्यापक बाबु काजी श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रममा बैंकका मार्केटिङ्ग म्यानेजर सुवास शर्मा र विद्यालय व्यवस्थापन समितीका पूर्व अध्यक्ष कृष्ण सिल्वाल र हालका अध्यक्ष सुवास कार्की तथा अन्य पदआधिकारीहरुको उपस्थिती रहेको थियो । साथै बैंकका प्रमुख बजार अधिकृत खड्काले श्री बाल …

पुरा पढ्नुहॊस »

मेगा बैंकको स्वतन्त्र संचालकमा शिवादेवी काफ्ले पुनः नियुक्त

काठमाडौं । मेगा बैंक लिमिटेडको स्वतन्त्र संचालकमा शिवादेवी काफ्ले पुनः नियुक्त भएकी छिन् । हालै सम्पन्न बैंक सञ्चालक समितिको बैठकले काफ्लेलाई आगामी चार वर्षसम्मको लागि स्वतन्त्र संचालक पदमा नियुक्त गरेको हो । साथै, काफ्लेले गत पुस १२ गते आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरी पदवहाली गरिसकेकी छिन् । यसअघि बैंकले गत भदौ १० गते कम्पनीको स्वतन्त्र संचालकको पदमा काफ्लेलाई नियुक्त गरेको थियो । सो अवधिमा काफ्ले देश बाहिर रहेकाले …

पुरा पढ्नुहॊस »

शाइन रेसुङ्गाको सीईओमा पौडेल पुनः नियुक्त, माघ १ गतेदेखि लागू हुने

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रकाश पौडेल थप कार्यकालका लागि नियुक्त भएका छन् । पुस १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । पोडेलको नयाँ कार्यकाल माघ १ गतेबाट शुरु हुनेछ । उनले आगामी चार वर्षसम्म कम्पनीको कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् ।

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको थप ३ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले थप ३ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले नवलपरासी बर्दघाट–सुस्ता पूर्व जिल्लाको मध्यविन्दु नगरपालिका १५ हर्बस्टारमा ११३औँ, कावासोती नगरपालिका १७ गोछडामा ११४औँ र पाल्पा जिल्ला रम्भा गाउँपालिका १ हुँगीमा ११५औँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यि तीनै शाखारहित बैंकिङ्ग सेवाहरुको उद्घाटन स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा भएको छ । हर्बस्टार र गोछडामा खोलिएको शाखारहित बैंकिङ्ग सेवा बैंकको कावासोती शाखा …

पुरा पढ्नुहॊस »

‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाको चुक्ता पुँजी बढ्यो

काठमाडौं । अब ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्ग फाइनान्स कम्पनीहरूले अर्को प्रदेशमा शाखा संचालन गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार परिपत्र जारी गरेर यदि यी दुई वित्तीय संस्थाहरूको शाखा अन्य वा अर्को प्रदेशमा भए २०७७ असारमसान्तसम्म बन्द गरिसक्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो । अहिले विकास बैंक तथा फाइनान्स कम्पनीको शाखा दुई वा दुई भन्दा बढी प्रदेशमा विस्तार भएको छ । त्यस्तै राष्ट्र बैंकल …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंक र ग्राण्डी हस्पिटलबीच सम्झौता

काठमाडौं । ज्योति विकास बैंक र ग्राण्डी इन्टरनेसनल हस्पिटलबीच  सम्झौता भएको छ । उक्त सम्झौतामा  बैंकका तर्फबाट बैंकका सहायक महा प्रबन्धक रामहरि आचार्य र अस्पतालका तर्फबाट प्रमुख संचालन अधिकृत अम्रित खन्नाले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।  बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालको स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । ाल बैंकले ८२ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत …

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंकको शाखा नेपालगञ्जमा

काठमाडौं । गरिमा विकास बैंकले बाँके जिल्लाको नेपालगञ्जमा शाखाको सुरुवात गरेको छ । शाखाको उद्घाटन नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा.धवल शमशेर जवराले गरे।अब  चाडै  नै  बैंकले  पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखा कार्यालय खोल्ने भएको छ ।

पुरा पढ्नुहॊस »

‘वल्र्डलिंक इन्टरनेटको नयाँ स्ट्यान्र्डड’ सार्वजनिक

काठमाडौं । ‘वल्र्डलिंक इन्टरनेटको नयाँ स्ट्यान्र्डड’ सार्वजनिक गरेको छ।  कम्पनीले सार्वजनिक गरेको प्रोडक्टमा तीन नयाँ प्याकेज ‘एस–२५’, ‘एस–४०’ र ‘एस–६०’ एमबीपीएस रहेको छ । यो प्याकेज मार्फत इन्टरनेटको ब्याण्डविथ थपगर्ने मात्र नभएर ग्राहकलाई उनीहरुले तिरेको पैसाको उच्चतम प्रतिफल प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ । साथै ,कम्पनीले यस योजनामा पाँच नयाँ सेवा ‘नेटटीभी’, ‘सेफनेट’, ‘टाइम ब्याक’, ‘म्यानेजड् वाईफाई’ र ‘डिस्काउन्ट एप’ थप गरेको छ । वल्र्डलिंकले ‘टाइम ब्याक’ फिचर्स ल्याएको छ । …

पुरा पढ्नुहॊस »

सनराइज बैंकद्वारा कान्तिबाल अस्पताललाई सहयोग

काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कान्तिबाल अस्पताललाई सहयोग स्वरुप बर्न वार्डका लागि आवश्यक डर्मेटोम मसिन एवं खाद्य सामग्रीहरु बैंकका सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगड तथा सञ्चालक ज्योतिकुमार बेगानीले संयुक्त रूपमा कान्ति बाल अस्पतालका निर्देशक गणेशकुमार राईलाई हस्तान्तरण गरे । उक्त समारोहमा बैंकका वरिष्ठ नायव महाप्रबन्धक आशा राणा अधिकारी, नायव महाप्रबन्धक अपछकुमार यादव, रविन नेपाल, सहायक महाप्रबन्धक सर्वेन्द्र मिश्रलगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको भन्दै बेकले यसै क्रममा कान्तिबाल …

पुरा पढ्नुहॊस »

राष्ट्रिय बीमा कम्पनीका सीईओ रायामाझीले राजीनामा दिए

काठमाडाैँ । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बीरविक्रम रायामाझीले पदबाट राजीनामा दिएका छन् । उनले पुस २० गतेदेखि लागू हुने गरी कात्तिक २० गते नै राजीनामा दिएका हुन् । रायमाझीले अर्थमन्त्रालयको दबाबमा राजीनामा दिएको बताइएको छ । अर्थमन्त्रालयले उनको राजीनामा पत्र मगाएको कम्पनीले जनाएको छ । चार बर्षका लागि सिइओमा नियुक्त भएका रायमाझीको कार्यकाल अझै करिब ७ महिना मात्रै बाँकी थियो ।

पुरा पढ्नुहॊस »