काठमाडाैं । एनआईसी एसिया बैंकको नयाँ शाखा झापाको बिर्तामोड नगरपालिकास्थित बिर्ताबजारमा खुलेको छ । शाखाको बिर्तामोड नगरपालिका मेयर ध्रुव कुमार शिवाकोटीले उद्घाटन गरे ।
बैंकका मुलुकभर २६८ शाखा कार्यालयहरु, २८१ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १९ वटा शाखा रहित बैंकिङ्ग ईकाई संचालनमा छन् । मुलुककै सबैभन्दा धेरै शाखा सञ्जाल भएको यस बैंकको वासलातको आकार २११ अर्ब नाघेको छ ।
कुल निक्षेप करिब १७० अर्ब तथा कर्जा १४४ अर्ब पुगेको छ। हालसम्म ग्राहकको संख्या करिब १३ लाख ५० हजार पुगेको बैंकको दावी छ ।
तपाईंको प्रतिकृया



