ग्लोबल आईएमई बैंकले १६ प्रतिशत बोनस सेयर दिने

काठमाडाैं । ग्लोबल आईएमई बैंकले १६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले गतवर्ष गरेको वितरणयोग्य नाफाबाट लाभांश दिने निर्णय गरेको हो ।

बैंकले लाभांश(बोनस) घोषणा गरेपछि यसको सेयर मूल्य एकाएक बढेको छ । सोमबार प्रतिकित्ता ३०७ रूपैयाँमा कारोबार भएको यस बैंकको सेयर मंगलबार बढेर प्रतिकित्ता ३२० रूपैयाँसम्म पुगेको छ ।

बैंकले गत आव २ अर्ब १० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ पुग्ने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस