काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा पूर्वमिस नेपाल सुगारिका केसी नियुक्त हुनुभएको छ । आइतबार सम्पन्न कम्पनी सञ्चालक समिति बैठकले केसीलाई सर्वसाधारण समूहबाट सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
रिक्त सञ्चालक पदमा कम्पनी ऐनको दफा ९० को उपदफा ३ र मुक्तिनाथ कृषि कम्पनीको नियमावलीको नियम २७ को उपनियम ४ बमोजिम केसीलाई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्ने गरी नियुक्त गरिएको कम्पनीले जनाएकोे छ ।
कृषिमा आधारित अर्थतन्त्र भएको नेपालमा केसीको नियुक्तिले आमकृषक, उपभोक्ता, व्यावसायिक साझेदार, लगानीकर्ता र सम्पूर्ण सरकारी तथा गैरसरकारी सरोकारवालामा कृषि क्षेत्रप्रति थप आकर्षण र सकारात्मक सन्देश प्रवाह हुने कम्पनीको अपेक्षा छ ।
प्रतिकृया दिनुहॊस