Tag Archives: featured

ईजी, इफिसियन्ट र इकोनोमी : प्रभु हेलिकोप्टर

बिनोद थकाली, एकाउन्टेबल म्यानेजर, प्रभु हेलिकोप्टर प्राइभेट लिमिटेड आम नेपालीहरुमाझ प्रभु ग्रुप कुनै अपरिचित समूह होइन । ‘जहाँ जहाँ नेपाली, त्यहाँ त्यहाँ प्रभु‘ भन्ने मूल नाराका साथ प्रभु ग्रुप आफ्नो विभिन्न कम्पनी मार्फत् निरन्तररुपमा विगत लामो समयदेखि कार्यरत छ । प्रभु ग्रुप अन्तर्रगत प्रभु बैंक, प्रभु बीमा कम्पनी, प्रभु टि.भी., प्रभु हेलिकोप्टर मार्फत् विभिन्न सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ । यी मध्ये प्रभु गु्रप अन्तर्गत सञ्चालित प्रभु हेलिकोप्टरले …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक र ब्लू क्रस हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

काठमाडौं । सिटिजन्स बैंक र ब्लू क्रस हस्पिटल त्रिपुरेश्वर बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले र हस्पिटलका तर्फबाट व्यवस्थापन समूहका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरे। सम्झौता पश्चात अब  सिटिजन्स बैंकका डेबिट,क्रेडिट कार्ड वाहक ग्राहक तथा परिवारका सदस्यहरु लेब्लू क्रस हस्पिटलमा उपचार गराउँदा तथा अन्य सेवा लिंदा विशेष छुट पाउँने भएका छन् ।

पुरा पढ्नुहॊस »

सहकारी बैंकको सिइओमा गुरागाईं

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा बद्रिकुमार गुरागाईं नियुक्त भएका छन्। केबी उप्रेती बैंकका प्रवन्ध सञ्चालकको जिम्मेवारीबाट बाहिरिएसँगै गुरागाईं सिइओमा नियुक्त भएका हुन्। बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गुरागाईंलाई सिइओमा नियुक्त गरेको हो। उनी यसअघि सोही बैंकमा नायब महाप्रवन्धकको रुपमा कार्यरत थिए। यसअघि उप्रेतीलाई बैंकको विनियम बमोजिम २०७० साल मंसिर २५ गते सम्पन्न बैठकले महाप्रवन्धकको समेत जिम्मेवारी बहन गर्ने गरी प्रवन्ध सञ्चालकको जिम्मेवारी दिइएको थियो। ‘सहकारी ऐन, २०७४’ को …

पुरा पढ्नुहॊस »

आज कुन देशको मुद्राको विनिमयदर कति ?

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बुधबारको (पुस ४) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ४१ पैसा तोकेको छ । यसैगरी बिक्रि मूल्य भने ११३ रुपैयाँ ०१ पैसा रहेको छ ।  एक युरोको खरिददर १२८ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ८० पैसा रहेको छ । यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४२ रुपैयाँ ५९ पैसा  र बिक्रिदर १४३ रुपैयाँ ३६ पैसा रहेको छ । यसैगरी जापानीज १० …

पुरा पढ्नुहॊस »

कैलाश विकास बैंक र सिटिजन लाईफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । कैलाश विकास बैंक र सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कैलाश विकास बैंकका कामु प्रमुख कार्यकारी अधिकृत कृष्ण गोपाल मानन्धर तथा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले हस्ताक्षर गरे । जीवन बीमाप्रति आम सर्वसाधारणको धारणामा सकारात्मक परिवर्तन ल्याई बीमाको सेवा तथा योजनामा सहज पहुँच उपलव्ध गराउन सफल सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र हरेक नेपालीहरुमाझ बैंकिङ्ग साक्षरता …

पुरा पढ्नुहॊस »

गण्डकी विकास बैंकको १४.२० प्रतिशत लाभांश स्वीकृत

काठमाडौं । गण्डकी विकास बैंकको १४.२० प्रतिशत नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । सञ्चालक समितिबाट निर्णय भई नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पेश भएको आ.व. २०७४/०७५ सम्मको संचित मुनाफाबाट चुक्ता पूजीको १४.२० प्रतिशत प्रस्तावित नगद लाभांश स्वीकृत भएको हो । उक्त नगद लाभांश बैंकको आगामी बार्षिक साधारणसभाबाट पारित भएपछि बितरण हुनेछ । बैंकले आफ्नो स्थापनाकालदेखि नै शेयरधनिहरुलाई उच्च प्रतिफल प्रदान गर्दै आएको छ ।

पुरा पढ्नुहॊस »

सिभिल बैंक लिमिटेड र ज्योती लाईफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले ज्योती लाईफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ज्योती लाईफ इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश खत्रीले हस्ताक्षर गरे । अब ज्योती लाईफ इन्स्योरेन्सका जीवन वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्पmत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकले २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विषेश प्रस्ताव पारित गरेको छ । बैंकको बार्हौं वार्षिक साधारण सभाले आ.व. ०७४÷०७५ को मुनाफाबाट सेयरधनीहरुलाई (०.९६ प्रतिशत वोनस सेयरको कर प्रयोजनार्थ नगद लाभांस र १८.२५ वोनस सेयर सहित) १९.२१ प्रतिशत लाभांस वितरण गर्ने र उक्त वोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजी को २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विषेश प्रस्ताव पारित गरेको हो । बैंकका प्रमुख …

पुरा पढ्नुहॊस »

एनसीसीकाे ७९ लाख कित्ता शेयर लिलामी

काठमाडौं ।  एनसीसी बैंकले ७९ लाख १० हजार ९ सय ९३ कित्ता शेयर लिलामीमा ल्याउने भएको छ । बैंकले संस्थापक समूहतर्फ ६५ लाख १६ हजार ७ सय ९५ कित्ता र सर्वसाधारण समूहतर्फ १३ लाख ९४ हजार १ सय ९८ कित्ता गरी उक्त परिमाणको शेयर लिलामीमा ल्याउने भएको हो । एनसीसी  बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा रहेको सनराइज क्यापिटलले यही पुस ११ गतेदेखि २० गतेसम्म उक्त लिलामी खुल्ला गर्ने …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकको वार्षिक साधारणसभा पुस २७ गते

काठमाडौं । ग्लोबल आईएमई बैंकको वार्षिक साधारणसभा पुस २७ गते हुने भएको छ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर दिने प्रस्तावलाई पारित गर्ने छ । समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले बोनस पाउनेछन् । बैंकले जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्न बोनस सेयर वितरण गर्न लागेको हो । हाल बैंकको चुक्ता पुँजी ८ …

पुरा पढ्नुहॊस »