Tag Archives: featured

नरायणी डेभलपमेन्ट बैंकको सर्वसाधारण शेयर स्वामित्व ४९ प्रतिशत पुग्यो

चितवन । नारायणी डेभलपमेन्ट बैंकले संस्थापक शेयर स्वामित्वलाई ७० प्रतिशतबाट ५१ प्रतिशतमा ल्याउने र सर्वसाधारण शेयर स्वामित्व ३० प्रतिशतबाट ४९ प्रतिशत पुर्याउने निर्णय गरेको छ । बैंकको आर्थिक बर्ष २०७३/७४ र ७४/७५ को आफ्नो सोह्रौ र सत्रौ बार्षिक साधारण सभाले शेयर संरचना परिवर्तन गरि उक्त निर्णय गरेको हो । बिद्यमान नयाँ संचालक समितिको गठन पश्चात करिव नौ महिनाको अवधिमा बिगतमा सम्पन्न हुन नसकेका सात आर्थिक वर्षका सबै साधारण सभाहरु यही …

पुरा पढ्नुहॊस »

हिमालयन बैंक र चिरायू अस्पताल बीच सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ ।  हिमालयन बैंक लिमिटेड र चिरायू अस्पताल बसुन्धारा, काठमाडौं बीच उक्त अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार चिरायू अस्पतालले हिमालयन बैंकद्धारा जारी भएका विभिन्न ब्राण्डका डेबिट, क्रेडिट तथा प्रिपेड कार्डधारी ग्राहकहरुलाई अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा १५ % सम्म छुट प्रदान गर्ने छ । उक्त सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र चिरायू अस्पतालका तर्फबाट …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकको शाखा न्यूरोडमा

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको न्यूरोड खिचापोखरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त  शाखाको उद्घाटन बैंकका अध्यक्ष संदिप आचार्य,संचालक विश्वेश्वर सुवेदी तथा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेतले संयुत्त रुपमा उद्घाटन गरे ।   शाखाको उद्घाटन कार्यक्रममा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेतले बैंकले विभिन्न शहर तथा ग्रामिण भेग लगायत उपत्यकाका अन्य व्यापारिक केन्द्रहरुमा समेत शाखा सञ्जाल विस्तार गर्दै सरल तथा सहज बैंकिङ्ग सेवा उपलब्ध गराउने बताए ।

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंक र स्टार हस्पिटल बीच स्वास्थ्य सम्बन्धमा सम्झौता

काठमाडौं । ज्योति विकास बैंक र स्टार हस्पिटलबीच सम्झौता भएको छ । सम्झौतामा बैंकका तर्फबाट बैंकका नायव महा प्रबन्धक शुशिलकुमार शर्मा र अस्पतालका तर्फबाट सिओओडा सन्देश जि.सिले गरे । बैंकले आपm्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि गरेको छ । बैंकले ८२ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकको कामु सिइओमा गणेशराज पोखरेल

काठमाडाैँ । सिटिजन्स बैंकको कामु सिइओमा गणेशराज पोखरेल नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेको बैठकले उनलाई आजबाट लागु हुने गरी कामु सिइओको जिम्मेवारी दिएको हो। सिइओ राजन सिंह भण्डारीको कार्यकाल २०७५ पौष १६ गते समाप्त हुने भएको र उनी आजबाट विदामा बसेपछि पोखरेललाई नियुक्त गरिएको बैंकले जनाएको छ। साथै बैंकले सेवानिवृत भएका भण्डारीको विगतको लामो समयको वैङ्किङ्ग अनुभव र कार्यदक्षतालाई वैंकले सदुपयोग गर्ने गरि आजबाटै लागु हुने गरी वैंकको …

पुरा पढ्नुहॊस »

नवलपुुरको आरुंगखोलामा नेपाल बैंक

काँठमाडाैँ । नेपाल बैंक लिमिटेडले गण्डकी प्रदेशको नवलपुुर जिल्लास्थित आरुंगखोलाबजारमा शाखा पुनःस्थापना गरेको छ । पुनःस्थापित शाखामा एक विशेष समारोहकाबीच गण्डकी प्रदेशका सांसद जनकलाल श्रेष्ठ र नेपाल बैंक लिमिटेडका सहायक कार्यकारी अधिकृत श्याम सुन्दर कँडेलले संयुक्त रूपमा कारोबार शुभारम्भ गरे । सो अवसरमा उद्योग वाणिज्य संघ मध्यविन्दु नगरपालिकाका अध्यक्ष केदारप्रसाद पराजुलीले पुनःस्थापित बैंक शाखाबाट कृषि पशुपालन साना मझौला उद्योगमा लगानी हुने अपेक्षा प्रकट गरे भने शाखा प्रवन्धक संस्कृति प्रधानले बैंक …

पुरा पढ्नुहॊस »

पोखरा फाइनान्सको नयाँ शाखा गोरखाको पालुङ्गटारमा

काठमाडाैँ । पोखरा फाइनान्स लिमिटेडले गोरखाको पालुङ्गटार न.पा. ५, ठाँटीपोखरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । संस्थाको उद्घाटन संस्थाका अध्यक्ष भुवनसिं गुरुङ तथा पालुङ्गटार नगरपालिकाका नगर उपप्रमुख  पम्फा बसेलले संयुक्त रुपमा गरे । उक्त कार्यक्रममा गोरखा उद्योग वाणिज्य संघ, पालुङ्गटार इकाईका उपाध्यक्ष आशिष देवकोटा तथा बजार व्यवस्थापन समितिका अध्यक्ष तेजु गिरी र समाजसेवी विमल ढकालले शुभकामना मन्तव्य व्यक्त गरे । हाल संस्थाको चुक्ता पुँजी रु. ८५.७२ करोड रहेको छ । …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकबाट पूर्व प्रहरीले पेन्सनपट्टा धितो राखी कर्जा लिनपाउने

काठमाडौँ । माछापुच्छ्रे बैंक र नेपाल पूर्व प्रहरी संगठनबीच सम्झौता भएको छ। सम्झौता अनुसार पूर्व प्रहरीले पेन्सनपट्टा धितो राखी कर्जा बैंकबाट कर्जा लिन सक्ने छन्। संझौतामा नेपाल पूर्व प्रहरी संगठनका केन्द्रिय अध्यक्ष बसन्त राज कुँवर तथा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले हस्ताक्षर गरे। बैंकका ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर लगायत ३९ शाखा रहित बैकिङ्ग सेवा समेत छन्।

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकको शाखा न्यूरोडमा, शाखा संख्या ६१ पुग्यो

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको न्यूरोड खिचापोखरीमा ६१औं शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन बैंकका अध्यक्ष संदिप आचार्य, संचालक विश्वेश्वर सुवेदी तथा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेतले संयुत्त रुपमा उद्घाटन गरे । उद्घाटन कार्यक्रममा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेतले बैंकले विभिन्न शहर तथा ग्रामिण भेग लगायत उपत्यकाका अन्य व्यापारिक केन्द्रहरुमा समेत शाखा सञ्जाल विस्तार गर्दै सरल तथा सहज बैंकिङ्ग सेवा उपलब्ध गराउने बताए ।

पुरा पढ्नुहॊस »

सानिमा बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना

काठमाडौं । सानिमा बैंकले १४औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल नारायणचौरको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको मुख्य कार्यालय नक्साल अगाडी रहेको नन्दीकेश्वर बगैंचामा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनिय सहभागिता रहेको थियो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सम्पुर्ण रक्तदाताहरुलाई धन्यवाद ज्ञापन गरे ।

पुरा पढ्नुहॊस »