सहकारी बैंकको सिइओमा गुरागाईं

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा बद्रिकुमार गुरागाईं नियुक्त भएका छन्। केबी उप्रेती बैंकका प्रवन्ध सञ्चालकको जिम्मेवारीबाट बाहिरिएसँगै गुरागाईं सिइओमा नियुक्त भएका हुन्।

बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गुरागाईंलाई सिइओमा नियुक्त गरेको हो। उनी यसअघि सोही बैंकमा नायब महाप्रवन्धकको रुपमा कार्यरत थिए।

यसअघि उप्रेतीलाई बैंकको विनियम बमोजिम २०७० साल मंसिर २५ गते सम्पन्न बैठकले महाप्रवन्धकको समेत जिम्मेवारी बहन गर्ने गरी प्रवन्ध सञ्चालकको जिम्मेवारी दिइएको थियो।

‘सहकारी ऐन, २०७४’ को दफा ४१ (४) मा २ करोडभन्दा बढी कारोबार भएका सहकारी संघसंस्थाका सञ्चालकहरु कार्यकारी प्रमुख बन्न नपाइने व्यवस्था छ। सहकारी ऐनमा भएको व्यवस्थालाई मध्येनजर गरी उप्रेतीले प्रवन्ध सञ्चालकको जिम्मेवारी छोडेका हुन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारले विदेशी मुद्रा सिफारिस नदिँदा भुक्तानी बाँकी छ, हामीमाथि विभेद भयो : इस्पान

काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान)ले सरकारले विभेदकारी नीति अँगालेको आरोप लगाएको छ । …

प्रतिकृया दिनुहॊस