काठमाडौँ । माछापुच्छ्रे बैंक, टाइम्स रेमिट र एएमभी टेल कम्पनी बीच बैंकका ग्राहकहरुका साथै सर्वसाधारणका लागी सुविधा स्वरुप रेमिटएप मोबाइल वालेट सेवा सम्बन्धी त्रि-पक्षीय सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा टाइम्स रेमिट र एएमभी टेलको तर्फबाट क्रमशः प्रबन्ध निर्देशक अनिल स्थापित र प्रबन्ध निर्देशक अनिल शर्माले हस्ताक्षर गरे । बिल भुक्तानीका अलावा ग्राहकहरुले आफ्नो बैंक खाताबाट वालेटमा तथा वालेटबाट बैंक खातामा …
पुरा पढ्नुहॊस »कुमारी बैंक र स्मल वल्र्ड सर्भिस ग्रुपबीच रेमिट्यान्स सेवा सम्झौता
काठमाडौं । कुमारी बैंक र स्मल वल्र्ड सर्भिस ग्रुप युकेबीच सम्झौता भएको छ ।सम्झौताअनुसार अब विश्वभर रहेका स्मल वल्र्ड सर्भिसका (काउन्टर र अनलाइन रेमिट्यान्स सर्भिस) मार्फत सजिलै नेपालमा पैसा पठाउन सकिनेछ र उक्त रेमिट्यान्स कुमारी बैंकका सम्पूर्ण ८९ शाखाहरु तथा कुमारी बैंकका करिव ८५०० भन्दा बढी एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सकिनेछ ।
पुरा पढ्नुहॊस »कामना सेवा विकास बैंक र सानिमा इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सानिमा ईन्स्योरेन्स कम्पनीको तर्फबाट नायब महाप्रबन्धक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले ६३ वटै शाखाहरुबाट सहजरुपमा सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीबन बीमापोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरुलाई लाभाविन्त …
पुरा पढ्नुहॊस »नेपाल एसबिआइमा सञ्चालक परिवर्तन, संचय कोषको प्रतिनिधित्व गौतमले गर्ने
काठमाडौँ । नेपाल एसबिआइ बैंक लिमिटेडमा सञ्चालक परिवर्तन भएको छ । सो बैंकको संस्थागत शेयरधनी कर्मचारी संचय कोषको तर्फबाट दीपक रौनियारको स्थानमा अर्जुनकुमार गौतमलाई मनोनित गरी पठाएको जनाइएको छ । साथै, बैंक सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले गौतमलाई सञ्चालकका रुपमा नियुक्त गरेको बैंकले जनाएको छ ।
पुरा पढ्नुहॊस »प्राइम कमर्सियल बैंकको नयाँ शाखा बझाङको खप्तडछान्ना गाँउपालिकामा
काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले बझाङको खप्तडछान्ना गाँउपालिकामा नयाँ शाखाको सुरुवात गरेको छ । आइतबारबाट सञ्चालनमा आएको उक्त शाखाको खप्तडछान्ना गाँउपालिका अध्यक्ष वर्क बहादुर रोकायाले उद्घाटन गरे । यस शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ७३ पुगेको छ । बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल विस्तार गर्ने जनाएको छ ।
पुरा पढ्नुहॊस »सांग्रिलाको बार्षिक साधारण सभाले पारित गर्यो बोनस शेयर र नगद लाभांस, अध्यक्षमा प्रसाईँ चयन
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकको १४औ बार्षिक साधारण सभा सोमबार काठमाण्डौमा सम्पन्न भएको छ । सभाले आब २०७४/७५ को आर्थिक विवरणहरु सहित संचालक समितिको तर्फबाट अध्यक्ष प्रा.डा. रबिन्द्र प्रसाद श्रेष्ठले प्रस्तुत गरेको बार्षिक प्रतिबेदन छलफल गरी पारित गरिएको बताइएको छ । सभाले नेपाल राष्ट्र बैंकबाट स्वीकृत आ.ब.०७४/७५ को खुद मुनाफा मध्येबाट चुक्ता पूंजीको ४ प्रतिशत बराबरको बोनश शेयर तथा ५.४५ प्रतिशत नगद लाभांस कर सहित बितरण गर्ने साधारण सभाबाट पारित …
पुरा पढ्नुहॊस »राष्ट्रिय वाणिज्य बैंक मर्चेन्ट बैंकिङ्ग सेवाको विकासमा लाग्ने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरवीवी मर्चेन्ट बैंकिङ्ग लिमिटेडले तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सञ्चालक समितिका अध्यक्ष किरण कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले आ.व. २०७४/०७५ को वार्षिक प्रतिवेदन सहित विविध प्रस्ताबहरु पारित गरेको छ । यस मर्चेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत डा. रमेशकुमार भण्डारीले सरकारी निकायबाट सञ्चालित संस्थाले मर्चेन्ट बैंकिङ्ग व्यवसायमा सर्वसाधारणको सहज पहुँचका लागि राष्ट्रिय वाणिज्य बैंकका देश भरी छरिएर रहेका शाखाहरूबाट …
पुरा पढ्नुहॊस »नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा सातवटै प्रादेशिक कार्यालय स्थापना
काठमाडौ । नेपाल इन्भेष्टमेण्ट बैंकले सातवटै प्रदेशको प्रादेशिक कार्यालय स्थापना गरेको छ । स्थानीयस्तरबाटै सहज र सरत तवरले काम गर्न हजिलो होस् भन्नका लागि राष्ट्र बैंकको नियमानुसार प्रादेशिक कार्यालय स्थापना गरिएको हो । जसअन्र्तगत प्रदेश नं.१ को प्रादेशिक कार्यालय विराटनगरमा, प्रदेश नं.२ कोे वीरगञ्जमा, प्रदेश नं.३ को नारायणचौर (नक्साल)मा तोकिएको छ । त्यस्तै गण्डकी प्रदेशको कार्यालय पोखरामा, प्रदेश नं. ५ को भैरहवामा, कर्णाली प्रदेशका लागि सुर्खेतस्थित विरेन्द्रनगरमा र प्रदेश नं.७ …
पुरा पढ्नुहॊस »जनता बैंक नेपालको सबै प्रदेशमा प्रादेशिक कार्यालय
काठमाडौं । जनता बैंक नेपालले ७ ओटै प्रदेशमा प्रादेशिक कार्यालय संचालनमा ल्याएको छ । प्रदेश १ को ट्रफिक चोक बिराटनगर, प्रदेश २ को भानु चोक जनकपुर, प्रदेश ३ को स्कूल रोड हेटौडा, गण्डकी प्रदेशको न्यूरोड पोखरा प्रदेश ५ को हस्पिटल लाइन बुटवल, कर्णाली प्रदेशको बिरेन्द्रचोक सुर्खेत र सुदुरपश्चिम प्रदेशको चटकपुर धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरी संचालनमा ल्याएको हो । प्रादेशिक कार्यालयले प्रदेशका निकायहरुसंग समन्वय गर्ने तथा प्रदेशमा रहेका यस बैंकका …
पुरा पढ्नुहॊस »सिद्धार्थ बैंकको एकै साथ ८ नयाँ शाखा
काठमाडौं । सिद्धार्थ बैंकले एकैसाथ ८ स्थानमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं जिल्लाको धनेश्वर, बालुवाखानी, हात्तिगौडा, फर्पिङ, इचंगुनारायण, कीर्तिपुर, भक्तपुर जिल्लाको मध्यपुर ठिमी साथै बर्दिया जिल्लाको बाँसगढी सहित ८ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको जनाएको छ । त्यस्तै बैंकले …
पुरा पढ्नुहॊस »