काठमाडौं । सिद्धार्थ बैंकले दुई नयाँ शाखा भरतपुर र गैंडाकोटमा विस्तार गरेको छ । भरतपुर शाखाको उद्घाटनमा प्रदेश नं ३ का सभासद घनश्याम दहाल तथा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले गरेका छन् । गैंडाकोट शाखाको उद्घाटन गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल र उद्योग वाणिज्य संघ(गैंडाकोटका अध्यक्ष अमृत भट्टचनले गरे ।
पुरा पढ्नुहॊस »कामना सेवा विकास बैंक र प्रभु लाईफ इन्स्योरेन्सबीच सम्झौता
काठमाडौँ । कामना सेवा विकास बैंक र प्रभु लाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र इन्स्योरेन्सको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले हस्ताक्षर गरेका छन् । सम्झौता बमोजिम बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा प्रभु लाईफ इन्स्योरेन्सको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।
पुरा पढ्नुहॊस »एनआईसी एशिया बैंकको नयाँ शाखा पोखराको पावर हाउस चोकमा
पोखरा । एन आई सी एशिया बैंकको नयाँ शाखा पोखराको पावर हाउस चोकमा संचालनमा आएको छ । एन आई सी एशिया बैंकका प्रमुख कर्जा अधिकृत प्रकाश बरालले उक्त शाखाको उद्घाटन गरेका छन् । योसँगै बैंकको शाखा संख्या २७७ पुगेको छ ।
पुरा पढ्नुहॊस »ग्लोबल आइएमई बैंकको १०.२५% व्याजमा ऋणपत्र निष्कासन
काठमाडौं । ग्लोबल आइएमई बैंकले सर्वाधिक व्याजदर १०.२५% सहितको ऋणपत्र निष्कासन गरेको छ । उक्त ऋणपत्रमा बजारमा उपलब्ध अन्य ऋणपत्रहरु मध्ये सवैभन्दा बढि १०.२५% व्याजदर रहेको छ । मिति २०७५/११/१५ गतेदेखि खरिद गर्न सकिने गरि १५ लाख कित्ता ऋणपत्र निष्कासन गरिएको बैंकले जनाएको छ । ५ वर्षमा परिपक्क हुने कुल १५ लाख कित्ता ऋणपत्र मध्ये ५ लाख ९७ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने ३ हजार कित्ता सामुहिक …
पुरा पढ्नुहॊस »सिभिल बैंकद्वारा नेपाल आँखा अस्पताललाई टिभी प्रदान
काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आज एक कार्यक्रमबीच नेपाल आँखा अस्पताललाई एक थान टिभी प्रदान गरेको छ । उक्त टिभी सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यद्वारा नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन बहादुर घलेलाई हस्तान्तरण गरियो । नेपाल आँखा अस्पतालले हालै निर्माण गरेको विरामी प्रतिक्षालयमा सो टिभी जडान गरीने अस्पतालले जनाएको छ ।
पुरा पढ्नुहॊस »माछापुच्छ्रे बैंकका ग्राहकलाई चिरायु अस्पतालमा १५% सम्मको छुट
काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहक तथा कर्मचारीले चिरायु नेशनल अस्पतालका सेवाहरुमा १५% सम्मको छुट पाउने भएका छन् । माछापुच्छ्रे बैंक र चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्युटबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृतसन्तोष कोईराला तथा चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्युटको तर्फबाट सञ्चालन निर्देशक चण्डेश्वर वैद्यबीच हस्ताक्षर भएको छ । सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले चिरायू नेशनल …
पुरा पढ्नुहॊस »कामना सेवा विकास बैंक र सन नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र इन्स्योरेन्सको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृक राज कुमार अर्यालले हस्ताक्षर गरे। यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिद …
पुरा पढ्नुहॊस »ज्योति विकास बैंकको एकै दिन ५ नयाँ शाखा विस्तार
काठकाडौं । ज्योति विकास बैंकले एकै दिन पाँच नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले भक्तपुर जिल्लाको बोडे, काभे्रको बनेपा, काठमाडौंको साँखु, बलम्बु र कीर्तिपुरमा समेत गरि एकै दिन ५ नयाँ शाखाको औपचौरिक उद्घाटन गरेको हो । मध्यपुर थिमी नगरपालिका वडा नं ८, बोडेचोकमा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख अथिति मध्यपुर थिमी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष देवकृष्ण मोय श्रेष्ठ तथा बैंकका संचालक जगदिश्वर प्रसाद अधिकारीद्वारा …
पुरा पढ्नुहॊस »महालक्ष्मी विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता
काठमाडौँ । महालक्ष्मी विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र इन्स्योरेन्सको तर्फबाट प्रमूख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे । सम्झौता बमोजिम बैंकले देश भर रहेका आफ्ना १०१ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्ने छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक …
पुरा पढ्नुहॊस »आइएमई जनरल इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सेवा सम्झौता
काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेलले हस्ताक्षर गरे । सम्झौता बमोजिम बैंकका ग्राहकहरुले नेपालभर रहेका मुक्तिनाथ विकास बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्सले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्ने छ ।
पुरा पढ्नुहॊस »