कामना सेवा विकास बैंक र सन नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र  इन्स्योरेन्सको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृक राज कुमार अर्यालले हस्ताक्षर गरे।

यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री